back
CTIZAN AD

कविता लेख्नुहोस्, हजार डलर पुरस्कार जित्नुहोस्

वि.सं.२०७७ मंसिर ५ शुक्रवार

1.5K 

shares

५ मंसिर, काठमाडौं । गैरआवासीय नेपाली संघ भाषा, साहित्य, र संस्कृति प्रवद्र्धन समिती र अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बाल साहित्य समितिको संयुक्त आयोजनामा विश्वव्यापी ‘युवा कविता प्रतियोगिता २०७७’ हुँदैछ ।

उक्त कविता प्रतियोगितामा नेपाल बाहिर बसेर लेख्ने स्रष्टाका रचना मात्रै स्वीकार गरिने र भाग लिनका लागि डिसेम्बर २० तारिखसम्म कविता पठाइसक्नु पर्ने आयोजक संस्थाले जनाएको छ ।

त्यसैगरी कविता बढीमा २०० शब्द सम्मको र अप्रकाशित हुनुपर्ने, प्रतियोगितामा १९ वर्ष सम्मका स्रष्टाले मात्र भाग लिन पाउने, स्रष्टाले आफू बस्ने देश र सम्पर्क नम्बर खुलाउनु पर्ने, एकजना स्रष्टाले एउटा मात्रै कविता पठाउन सकिने र कविताको शिर्षक वा विषवस्तु खुला रहनुपर्ने पनि प्रतियोगताका नियमहरु रहेका छन् ।

उक्त कविता प्रतियोगितामा प्रथम हुने स्रष्टालाई १ हजार, दोस्रोलाई ५ सय र तेश्रो हुने श्रष्टालाई ३०० डलरको पुरस्कार राशिको व्यवस्था गरिएको छ ।

कविता पठाउनका लागि इमेल यसप्रकार रहेको छ । balkabita1@gmail.com

वि.सं.२०७७ मंसिर ५ शुक्रवार १३:५७ मा प्रकाशित

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...

गजल

गजल

डा. देवी पन्थी, विराटनगर रूप जसको हुन्छ ऊ बम्किन्छ भन्ने...