back

कविताः अमृत देखाइ विष घोलिरहने सरकार

वि.सं.२०७७ मंसिर ६ शनिवार

723 

shares

बोल्नत देशप्रेमकै भाषामा
राम्रै मिठै बोलिरहन्छ सरकार
तर बाहिर अमृतको लोगो देखाइ
शिशिभित्र विष घोलिरहन्छ सरकार

बुझ्नुस यो फट्याइ र बेइमानिको राज्य हो हजुर
इमान्दार बन्न नखोज्नु आफ्नै मन पोलिरहन्छ
यहाँ यस्तै छ बाहिर अमृतको लोगो देखाइ
शिशिभित्र विष घोलिरहन्छ सरकार

कुर्सिमा बस्दै पदको मालामा लडाइँ
एकपछि अर्को उस्तै आइरहने
के गर्नु गर्न त एउटा देशभक्तको मन जलिरहन्छ
बुझेर के गर्नु,
बाहिर अमृतको लोगो देखाइ
शिशिभित्र विष घोलिरहन्छ सरकार
इमान्दार भद्र बनि जति नै सदविचार खन्याए पनि
मूल्य छैन यहाँ बरु आफ्नै मन पोलिरहन्छ
हेर्नुस् न हजुर
बाहिर अमृतको लोगो देखाइ
शिशिभित्र विष घोलिरहन्छ सरकार

पद र कुर्सि मात्र झम्टिरहने महोदय हरुलाइ के थाहा
यहाँ दुखि जनताले बारबार दुखेसो खोलिरहन्छ
तर सोच्नुस् त हजुर
बाहिर अमृतको लोगो देखाइ
शिशिभित्र विष घोलिरहन्छ सरकार

खोक्रा भाषणमा सारा जनताहरु भुलाइ भुलाइ
आफ्नै हातमा मात्र बारबार घ्यूँ दलिरहन्छ
बुझ्नुस् त महोदय,
बाहिर अमृतको लोगो देखाइ
शिशिभित्र विष घोलिरहन्छ सरकार

तेरो मेरो तानातानमै ठिक्क के चाला हो
बोटको हेरचाह भएपो फल फलिरहन्छ
बुझ्नै गार्हो हजुर,
बाहिर अमृतको लोगो देखाइ
शिशिभित्र विष घोलिरहन्छ सरकार

एउटा सचेत छोरा जन्माइदेउ नेपाल आमा
होइन भने मेरो देश कर्कलो झैँ गलिरहन्छ
बोल्नत देशप्रेमकै भाषामा र।म्रै मिठै बोलिरहन्छ
बाहिर अमृतको लोगो देखाइ
शिशिभित्र विष घोलिरहन्छ सरकार ।।।

वि.सं.२०७७ मंसिर ६ शनिवार ०९:३५ मा प्रकाशित

Himalayan Life AD
कविता- प्यारो भकारो

कविता- प्यारो भकारो

अहङ्कारी आग्लोमा उभिएर अग्लिएको मान्छे म वरिपरि हेर्नु छैन मैले...

जूनताराहरूको खोजीमा

जूनताराहरूको खोजीमा

उ शीत बटुल्न उड्यो बिहानझिसमिसेमै चरासँगै आकाश छुँदै क्षितिजपारिपारि सपनाको...

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती मनाइँदै

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ...

क्यानडामा कार्यरत कवि अर्यालको “अङ्कुर“ कवितासङ्ग्रह विमोचन

क्यानडामा कार्यरत कवि अर्यालको “अङ्कुर“ कवितासङ्ग्रह विमोचन

स्याङ्जा, त्रियासी । कवि राधिका अर्याल (राधा) को पहिलो साहित्यिक...

सुसेली : यमपञ्चक

सुसेली : यमपञ्चक

दुर्गा अधिकारी भमरकोटे, हाल कपन १. हाम्रो चाहाना तिहारको सबैमा...

झिल्का कविता

झिल्का कविता

प्रमोद नेपाल, वीरगञ्ज, हाल- काठमाडौँ १) गरौँ श्रीकृष्णको जय पालनहार...