back
CTIZAN AD

लघु कथा : दुई बटुवाको कथा

वि.सं.२०७७ मंसिर ७ आइतवार

4.6K 

shares

दानी बटुवाले त्यस्तो दुःखद र वियोगान्त घडीमा छटपटिंदै सोच्यो ‘साथी त मर्यो मर्यो तर मैले उसको जहान परिवारलाई मर्न दिनुहुन्न । ‘त्यसपछि उसले पोखरीको डिलमा फुलेका जंगली सिस्नुका फूलहरू टिपेर गाउँतिर लग्यो । कैयौ दिनदेखि भोकै बसेका लोभी बटुवाको परिवारको ज्यान तिनै सिस्नुका फूलहरू खुवाएर बचायो ।

एकादेशमा एउटा ठूलो जंगल थियो । त्यहाँ धेरै जनावरहरू, चरा चुरंगीहरू बस्थे । जंगलको बीचमा फराकिलो मूलबाटो थियो । भुईको धूलो आकाशतिर उडाउदै हतारहतार घोडाकै तालमा कुधे जसरी बटुवाहरू मूलबाटोमा ओहोर, दोहोरो गरिरहेका हुन्थे ।

त्यो मूलबाटोमा हिंड्दाहिंड्दा थकित भएका बटुवाहरूलाई बिसाउनको लागि माझा जंगलमा भएपनि बाटैमा ढुंगाको चौतारी बनाइएको थियो । त्यो चौतारी नजिकै दुई वटा निकै ठूलाठुला ढुंगे धाराहरू थिए। ती धाराहरूमा हिउँ पग्लिएर बगेको झरनाको पानी जस्तै चीसो र सफा पानी अविरल रूपमा बगिरहन्थ्यो । ती दुबै धाराको पानी बग्दै गएर नजिकैको सुन्दर पोखरीमा पुग्थ्यो । जहाँ रंगीबिरंगी कमलका फूलहरू फुलिरहेका हुन्थे भने पोखरीको डिलडिलमा सिस्नुका फूलहरू फुलिरहेका हुन्थे । विभिन्न रूपका, विभिन्न रंगका चराचुरूंगीहरू पानी पिएर प्यास मेटाइरहेका हुन्थे ।

पोखरी वरिपरि ठूलाठूला रूखहरू थिए । ती रूखका हाँगामा बसेर कोइली चरीहरू मीठो स्वरमा कुहुँकुहुँ कराइरहेका हुन्थे। कोइलीको स्वरमा स्वर खाप्दै अरू विभिन्न प्रकारका चरीहरू पनि चिरबिर चिरबिर कराउँथे । त्यो सुमधुर आवाज र त्यो सुन्दर दृश्यले थकित बटुवाहरूलाई अद्भूत आनन्दको अनुभूति हुन्थ्यो । उनीहरूले यात्रामा भोग्नु परेको दुस्ख, कष्ट सबै बिर्सिएर मन चंगा झै उडेको र आफू स्वर्गमा पुगेको झै अलौकिक आनन्दको अनुभूति गर्थे ।

दानी बटुवाले आफ्नो बाँकी रहेको धन गरीवहरूलाई बाँडदियो । उसले आफ्नो जीवनको अन्तिम दिन त्यहीं धर्मशालामा बिताएर संसारबाट बिदा लियो । मरेर गएपनि दानी बटुवाको नाम सुवास देशैभरि फैलिरह्यो ।

एकदिनको कुरा हो, त्यो मूलबाटोमा दुई जना नयाँ बटुवाहरू फटाफट हिंडिरहेका थिएँ । यसरी हिंड्ने क्रममा उनीहरूले जंगलको माझमा सुन्दर पोखरी, चौतारी र धारा भटे। निकै लामो यात्राले उनीहरू थाकिसकेका थिए । भोक, प्यास पनि लागिरहको थियो । जब उनीहरू आफूले कल्पना नै नगरेको, सपनामा पनि नदेखेको यति रमणीय स्थानमा पुगे, उनीहरूले भोक, प्यास र थकाई सबै भुले अनि केही बेरको लागि भएपनि बिसाएर रमाउन थाले ।

दुई बटुवाहरू मध्य एकजना एकदमै लोभी थियो । एकजना निकै दानी थियो । लोभी बटुवालाई पोखरीमा फुलेका ती कमलका फूलहरू देखेर साह्रै लोभ लाग्यो । लोभी बटुवाले एउटा मात्रै होइन ती साराका सारा फूलहरू टिपेर आफ्नो घर लाने ईच्छा दानी बटुवालाई सुनायो । दानी बटुवाले लोभी बटुवालाई धेरै सम्झायो । ‘ यो कुरा असम्भव छ । पोखरी धेरै गहिरो छ । कमलको फूल टिप्न पोखरीमा पस्दा हिलोमा फस्न पनि सकिन्छ । ज्यानै जोखिममा पारेर फूल टिप्नु गलत हो । कमलको फूल यही पोखरीमा सुहाएकी छ । फेरि यी सारा कमलहरूलाई टिपेर लगी सजाएर राख्ने पोखरी पनि छैन । तिमीलाई बरू म मेरो बगैचाको सबै फूलहरू दिन्छु । मसँग तिमीलाई मनपर्ने कमल पनि छ त्यो पनि दिन्छु । तिमी यो कमल यहीं छोड । यहीं यसैगरी फुल्न देऊ । हामी बरू सिस्नुको फूल टिपौं । यसले भोक टर्छ, छाक पनि टर्छ। ‘ भनेर बार बार भन्दापनि लोभी बटुवाले दानी बलुवाको एक शब्द पनि सुनेन । लोभी बटुवा कमलको फूल टिप्न पोखरीमा पस्यो र त्यहीं दलदलमा भासिएर मर्यो ।

दयालु बटुवाले जति बचाउने कोशिस गरेपनि सकेन । न त पोखरीबाट लास नै उसले निकाल्न सक्यो । गाउँबाट धेरै टाढाको जंगलमा दानी बटुवा साथीको वियोगमा धेरै छट्पटायो । दानी बटुवाले त्यस्तो दुःखद र वियोगान्त घडीमा छटपटिंदै सोच्यो ‘साथी त मर्यो मर्यो तर मैले उसको जहान परिवारलाई मर्न दिनुहुन्न । ‘त्यसपछि उसले पोखरीको डिलमा फुलेका जंगली सिस्नुका फूलहरू टिपेर गाउँतिर लग्यो । कैयौ दिनदेखि भोकै बसेका लोभी बटुवाको परिवारको ज्यान तिनै सिस्नुका फूलहरू खुवाएर बचायो ।

आफूले दुःख गरेर कमाएको धन पनि लोभी बटुवाको छोराछोरी पढाउनमा खर्च गर्यो । उसले मृत साथीको नाउँमा उसैको गाउँमा चौतारी बनाइदियो । धारा बनाइदियो । धाराको पानी बगेर जम्मा हुनेगरी जमिन खनेर पोखरी पनि बनाइदियो र त्यो पोखरीमा कमलका फूलहरू रोपिदियो । उसले चौतारी नजिकै धर्मशाला पनि बनाइदियो । धर्मशालाको नाउँले गाउँ नै प्रसिद्ध भयो ।

दानी बटुवाले आफ्नो बाँकी रहेको धन गरीवहरूलाई बाँडदियो । उसले आफ्नो जीवनको अन्तिम दिन त्यहीं धर्मशालामा बिताएर संसारबाट बिदा लियो । मरेर गएपनि दानी बटुवाको नाम सुवास देशैभरि फैलिरह्यो ।

वि.सं.२०७७ मंसिर ७ आइतवार १९:०० मा प्रकाशित

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

काठमाडौँ । कवि कलानिधि दाहालको महाकाव्य “महाकवि लक्ष्मीप्रसाद देवकोटा” को...

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा कवि...

चारु

चारु

दिपक पनेरु,ईश्वरपुर ४, सर्लाही छुटेपछि दिल मेरो घायल भएछ तिम्रो...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १. सुखकाे आधार शान्ति शान्तिबाटै आउने हाे हाम्राे...

कविता : छोटा भाइ इन्डिया

कविता : छोटा भाइ इन्डिया

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी छोटा भाइ पडोसका...

सुसेली : पानी

सुसेली : पानी

प्रमाेद नेपाल,काठमाडौँ (१) बुझ्दछ ज्ञानी झर्छ तल बादल बाेकेर पानी...