
१२ मंसिर, काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कायक्रम सम्पन्न भएको छ ।
कम्पनीको कर्पोरेट कार्यालयसहित देशभर रहेका क्षेत्रीय कार्यालय र शाखा तथा उप–शाखा गरी ११ स्थानमा सो रक्तदान कार्यक्रममा जम्मा ३७९ जनाले रक्तदान गरेका थिए ।
हालको कठिन परिस्थितिमा रक्त अभावलाई मध्यनजर गदै कम्पनिले वार्षिकोत्सवको अवसरमा रक्तदान कायक्रम गरेको हो ।