१२ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकको सम्पत्ति एक महिनामै ४१ अर्ब बृद्धि भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको अपरिष्कृत मासिक वित्तिय विवरण अनुसार एक महिनामै ४१ अर्ब सम्पत्ति बढेको देखिएको हो ।
बैंकको उक्त विवरण अनुसार गत महिना बैंकको १४ खर्ब ८४ अर्ब ५५ करोड २३ लाख ४२ हजार ९४९ रुपैयाँ सम्पति रहेकोमा यस महिना १५ खर्ब २५ अर्ब १८ करोड ४७ लाख ८६ हजार ३९६ रुपैयाँ पुगेको छ ।
बैंकको सबैभन्दा धेरै सम्पत्ति नगद तथा नगद समानमा बृद्धि भएको देखिन्छ । गत महिना नगद तथा नगद समानमा ६ खर्ब ६० अर्ब ३८ करोड ५९ लाख ३ हजार ९८८ रहेकोमा यस महिना ७ खर्ब ४ अर्ब ५५ करोड ९१ लाख ८४ हजार ६८५ पुगेको छ ।
यसैगरि, सुनचाँदी, बैंक तथा वित्तिय संस्थालाई दिएको ऋण तथा सापटी, स्थिर सम्पति तथा उपकरणमा बढेको कारण बैंकको सम्पत्तिमा बृद्धि भएको हो ।
वि.सं.२०७७ मंसिर १२ शुक्रवार १४:११ मा प्रकाशित





























