back
CTIZAN AD

कविताः छोरो घर आएन

वि.सं.२०७७ मंसिर १३ शनिवार

852 

shares

धेरै बर्ष भयो,खै छोरो घर नै आएन
अब त कान पनि सुन्न छाडे जस्तो लाग्छ
खै छोरोले ‘आमा’ भनेको सुन्नै पाइनँ ।

धमिराले घरलाइ र रोगले मलाइ
खाएर हामी दुबै उस्तै भैसकेउ
धेरै समय छैन अब हामी दुबै ढल्न लागिसकेउ
धेरै बर्ष भयो खै छोरो घर नै आएन
अब त कान पनि सुन्न छाडे जस्तो लाग्छ
खै छोराले आमा भनेको सुन्नै पाइनँ ।।

घरको एक पाखो भत्किएर घर नै
लङगडो जस्तो भको छ
मेरो शरीर हरेक दिन
झन कम्जोर झन कम्जोर हुँदै गको छ
धेरै बर्स भयो खै छोरो घर नै आएन
अब त कान पनि सुन्न छाडे जस्तो लाग्छ
खै छोरो ले आमा भनेको सुन्नै पाइनँ ।।

ए हजुर तपाईं बस्ने सहरमा
मेरो छोरो गको धेरै बर्ष भयो
अनि मलाई छोरो देख्ने रहर,
भको पनि धेरै बर्ष भयो
धेरै बर्ष भयो खै छोरो घर नै आएन ।।

बर्खामा खरको छानोबाट पानी चुहिरहन्छ
तर मेरा आँखाले न त बर्खा भन्छ न त हिउँद नै
बाह्रै महिना आँसु झरिरहन्छ
धेरै बर्ष भयो खै मेरो छोरो घर नै आएन
अब त कान पनि सुन्न छाडे जस्तो लाग्छ
खै छोरोले आमा भनेको सुन्नै पाइनँ ।।

घर तलको पानीको धारो पनि
कोसौ टाढा जस्तो लाग्छ अहिले त
पानी लिन झर्दा गोडा काम्छ,
पानी लिएर फर्कदा श्वास नै काम्न थाल्छ
धेरै बर्ष भयो खै मेरो छोरो घर नै आएन
अब त कान पनि सुन्न छाडे जस्तो लाग्छ
खै छोराले आमा भनेको सुन्नै पाइनँ ।।

भर्याङ उक्लिएर सुत्न जान नसकेको पनि बर्सौ भयो
खाना खाएर उठ्दा जिउ नै भाचिएला जस्तो हुन्छ
धेरै बर्स भयो छोरो घर नै आएन ।।

ए हजुर तपाईं बस्ने सहरमा
मेरो छोरो गको धेरै बर्ष भयो
अनि मलाई छोरो देख्ने रहर,
भको पनि धेरै बर्ष भयो
धेरै बर्ष भयो खै छोरो घर नै आएन ।।

ए हजुर तपाईं बस्ने सहरमा कतै
मेरो छोरोलाई देख्नु भयो भने भनिदिनुस् कि
तेरो खरले छाएको घर र तेरि बुढी आमा,
दुबै ढल्न लागे भनेर ।।

वि.सं.२०७७ मंसिर १३ शनिवार ०८:५० मा प्रकाशित

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

काठमाडौँ । कवि कलानिधि दाहालको महाकाव्य “महाकवि लक्ष्मीप्रसाद देवकोटा” को...

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा कवि...

चारु

चारु

दिपक पनेरु,ईश्वरपुर ४, सर्लाही छुटेपछि दिल मेरो घायल भएछ तिम्रो...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १. सुखकाे आधार शान्ति शान्तिबाटै आउने हाे हाम्राे...

कविता : छोटा भाइ इन्डिया

कविता : छोटा भाइ इन्डिया

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी छोटा भाइ पडोसका...

सुसेली : पानी

सुसेली : पानी

प्रमाेद नेपाल,काठमाडौँ (१) बुझ्दछ ज्ञानी झर्छ तल बादल बाेकेर पानी...