
हस्ती एक थियौ र चिन्न सकियो यौद्धा थियौ देशका
सच्चा हौ मुलुकै सुधार्न कसियौ हौ गाउँले भेषका
राम्रा शिक्षक हौ उदार मनका यो देशको भो पिर
आफ्नै जीवन नै दियौ मुलुकका सम्मृद्धिका खातिर ।।१।।
खासै आज भएन देश हितमा त्यो प्राण ब्यर्थै गयो
नेता नै दलको गुलाम बनिगो यो देश उस्तै भयो
छाती थाप्न सक्यौ कठोर मनले नेपाल बन्ला भनी
हेर्दै छौ कि त बासुले नजरले त्यो घात गर्ने पनि ।।२।।
गोर्खा आज रुँदै कठै ! छ टुहुरो यौद्धा बिनाको घर
साँच्चै क्रान्ति विशाल छेड्न कसियौ मान्दै नमान्ने डर
अर्को जन्म लिएर देश हितमा आऊ तिमी नै बली
गोर्खा गर्व गरेर भन्छ अहिले सच्चा छ श्रद्धान्जली ।।५।।
बाचा बन्दन त्यागको रगतको के मूल्य बाँकी छ र ?
सोच्थ्यौ नित्य तिमी कठोर मनले नेपाल यो सुन्दर
तिम्रो साथ दिने सबै सकिदिए राजेन्द्र हाम्रा कता
ती लाखौँ मनका करोड सपना कुल्चेर भो सन्धि ता ।।३।।
ऐले ढाल बनेर बस्छ पदमा मारेर सम्झन्छर ?
तिम्रो रक्त पिपासु रम्छ अहिले उस्कै छ ठाडो शिर
तिम्रो नायक नै भएन गतिलो गद्दारको के भर
बन्थ्यो आज सुरम्य राज्य पनि यो नेपाल भै सुन्दर ।।४।।
गोर्खा आज रुँदै कठै ! छ टुहुरो यौद्धा बिनाको घर
साँच्चै क्रान्ति विशाल छेड्न कसियौ मान्दै नमान्ने डर
अर्को जन्म लिएर देश हितमा आऊ तिमी नै बली
गोर्खा गर्व गरेर भन्छ अहिले सच्चा छ श्रद्धान्जली ।।५।।
तिम्रा रक्त भिजेर देश हितमा उम्लेर माटो पनि
लाखौँ जन्मन सक्दछन् समयमा यो देश बन्ला भनी
माओबाद भनेर के हितभयो नेपाल बादी बन
पाटीको अब नाम यो हुनुपर्यो नेपालमा शोभन ।।६।।
वि.सं.२०७७ मंसिर १३ शनिवार ०८:५३ मा प्रकाशित






























