
१
मिल्छ भने ठाउँ दिनु दुईचार शब्द को लागि
योग्य भए नाउँ दिनु साहित्य रचनाको लागि
अझै धेरै मेहेनत गर्ने वाचा गर्दै अघि बढाउनेछु
शहर हैन गाउँ दिनु दिगो विकास को लागि ।।
२
आटो पीठो खाएर हुर्केको मान्छे म
कुटो कोदालो गर्दै फुर्केको मान्छे म
आफ्नै रस्ती बस्ती मा पलहरु बिताउँदै
बाँझो खेतमा दुबो खुर्केको मान्छे म ।।
३
ईश्वरको नाम जप्दै दुई हात जोडेर बसें
तिमी आउने बाटो हेर्दै भोजन छोडेर बसें
हेर्दा हेर्दै नयन हरु बलेनी सरी बर्सिसके
सँगै जिउने सँगै मर्ने कसम तोडेर बसे ं।।
४
सूर्य र चन्द्रमाको जस्तै कहिल्यै भेट नहुने भयो
मेरा वाणी हरुले तिमीलाई कुनै बेला नछुने भयो
राम्रो ख्याल गरेर आफ्ना पल हरू अघि बढाउनु
यति साह्रो निर्दयी बनेर मायाजाल नबुने भयो ।।
वि.सं.२०७७ मंसिर १३ शनिवार १०:१८ मा प्रकाशित






























