
१.
मनमा एउटा कुरा जन्मियो, भनु नभनु ?
तिमीलाई अब आफन्त भनी, गनु नगनु ?
विस्वास तोडेर फेरि,घर फोर्न लाग्यौ भने,
त्यो दुश्कर्मका लागि मतियार, बनु नबनु ?
२.
जन्ता दिक्क भएकाछन्, ख्याल गर खबरदार,
भित्रभित्रै रोएकाछन्, ख्याल गर खबरदार,
देश र पार्टी संगठन, जनताको पनि होला,
रक्त बिज बोएकाछन्, ख्याल गर खबरदार !
३.
दम्भ र घमण्डलाई, थाँती राख्ने बेला हो यो,
राष्ट्रको विकासलाई, माथि राख्ने बेला हो यो,
दाजुभाइ लडी, जात्रा देखाउन बन्द गर,
वरपर सबैतिर, साथि राख्ने बेला हो यो ।
४.
तिहारको दिपकले, दुख कष्ट जलाओस्,
समस्याका चुचुराहरु, गल्याम्मै ढलाओस्,
उन्नति र प्रगतिका, ढोकाहरु उघारी,
विश्व भरी नै समृद्दिका,आँकुरा पलाओस् ।
५.
महाजनले हलगोरु पठाए, भएको बारीमा,
लामो भयो फूल्यो तर फल,लागेन बा को दारीमा,
गाँस काटी काटी खुवाएका मान्छे, अर्वपति भए,
कहिल्यै सुहाउने टालो जुरेन, आमाको सारीमा ।
नेपालगंज-२० राँझा एयरर्पोर्ट , बाँके
वि.सं.२०७७ मंसिर १३ शनिवार १०:१५ मा प्रकाशित






























