back
CTIZAN AD

हिटलर, गोयबल्स र केपी ओली

वि.सं.२०७७ मंसिर १७ बुधवार

5.9K 

shares

तानाशाही शासक एडोल्फ हिटलरको एक मन्त्री थिए गोयबल्स । उनको पुरा नाम थियो पाउल जोसेफ गोयबल्स । उनी हिटलरका प्रपोगण्डा मन्त्री थिए । जर्मनीको ईतिहासमा ‘थर्ड रेईज’ भनेर चिनिने सन् १९३३ को जनवरी देखि १९४५ मे सम्म चलेको नाजी शासनकालमा उनको काम नै प्रोपागण्डा मच्चाउने थियो ।

ईतिहसकारहरुका अनुसार हिटलर र गोयबल्सको सेट मिलेको थियो । हिटलरले जस्तो काम गरे पनि राम्रो भन्दै प्रचार गर्ने र हिटलरको आतंकको प्रचार गर्ने काम गोयबल्सको नै थियो । सोहि प्रोपागण्डाको कारण हिटलरको चाँडो पतन भएको इतिहासकारहरुको भनाई छ ।

जसरी हिटलरको शासन कालमा हिटलर र गोयबल्सको सेट मिलेको थियो त्यसरी नै नेपालका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र उनका सहयोगीहरुको सेट मिलेको देखिन्छ । जसरी गोयबल्सले झुट कुरालाई सयौं पटक प्रचार गर्दा सत्य सावित हुन्छ भन्ने ठान्दथे त्यसै गरि प्रधानमन्त्री ओलीका सल्लाहकार तथा सञ्चार सहयोगीले त्यसै गरेको देखिन्छ ।

पछिल्लो महिनामात्र ओलीको निर्देशनमा उनका प्रेस सहयोगीले लगभग सबैजसो सञ्चारका माध्यामहरुमा दिएको अन्तरवार्ता, लेखलगायतका कुराहरुले सो कुराको पुष्टि भएको देखिन्छ । जसरी हिटलर आफूले गरेका सबै खराब कामहरुलाई गोयबल्समार्फत सयौं पटक प्रचार गराएर सत्य साबित गर्न खोज्दथे त्यसैगरि प्रधानमन्त्री ओली पनि आफ्ना झुटका पुलिंन्दाहरुलाई आफ्ना प्रचार सहयोगीमार्फत सयौं चोटी प्रचार गराएर सत्य सावित गर्न खोजीरहेका छन् ।

जसरी हिटलर आफूले गरेका सबै खराब कामहरुलाई गोयबल्समार्फत सयौं पटक प्रचार गराएर सत्य साबित गर्न खोज्दथे त्यसैगरि प्रधानमन्त्री ओली पनि आफ्ना झुटका पुलिंन्दाहरुलाई आफ्ना प्रचार सहयोगीमार्फत सयौं चोटी प्रचार गराएर सत्य सावित गर्न खोजीरहेका छन् ।

तर, हिटलर र ओलीमा भने केहि तात्विक फरक छ । त्यसताका हिटलरले नाजी बाहेक सबैलाई देशद्रोहि देख्दथे । यता ओली चाहि आफूलाई ‘बा’ भन्नेदेखि बाहेक सबैलाई आफ्नो बिरोधि ठान्दछन् । अर्को कुरा हिटलर कम्युनिष्टको ‘क’ पनि सुन्न चाहँदैन थिए भने यता ओली भने आफुँलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एक नम्बरकाे अध्यक्ष करार गर्न लगाईरहेका छन् । हिटलरले आफ्ना विरोधीहरुलाई भौतिक रुपमा नै कत्लेआम गर्दथे भने यता ओलीले भने आफ्ना सहकर्मीहरुलाई राजनीतिक रुपले कत्लेआम गर्न लगाई रहेका छन् । त्यसमा पनि आफ्नै सल्लाहकार र सञ्चार सहयोगीहरुको साथ लिएर ।

यसको पछिल्लो उदाहरण एक टेलीभिजन अन्तरवार्तामा उनले आफ्ना सहयोगीमार्फत किड्नी ट्रान्सप्लान्ट पछि मरोस् भनेर अस्पतालमा भेट्न नगएको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आरोप लगाउन लगाई रहेका थिए ।

प्रधानमन्त्री ओली यतिसम्म निर्बस्त्र भैरहेका छन् की कहिले उनी सहयोद्धाहरुलाई विदेशी एजेन्ट नै देख्छन्  भने सामान्य कुटनीतिको पनि ख्याल नगरि उनी संससदमा उभिएर छिमेकी देशहरुलाई गाली गरिरहेका हुन्छन् । यो काम हिटलरले मात्र गर्दथे र यसको ढाकछोप उनका सहयोगी गोयबल्सहरुले मात्र गर्दथे ।

उनी र उनका सहयोगीहरु आफ्नो अनुकुलमा आएका समाचारहरुलाई मात्र समाचारहरुमा आएको मान्छन् । तर, उनीहरुका कमजोरी लेखिएका समाचारहरुलाई छोरी बुहारीका समाचार भनेर उडाउँछन् । जुन काम गोयबल्सले मात्र गर्दथे ।

उनी र उनका सहयोगीहरु आफ्नो अनुकुलमा आएका समाचारहरुलाई मात्र समाचारहरुमा आएको मान्छन् । तर, उनीहरुका कमजोरी लेखिएका समाचारहरुलाई छोरी बुहारीका समाचार भनेर उडाउँछन् । जुन काम गोयबल्सले मात्र गर्दथे । त्यतिमात्र हाेइन तत्कालिन नेकपा एमाले र  नेकपा माओवादी केन्द्रकाे एकिकरणपछिका कुनै पनि कुराकाे जिम्मा लिन उनी र उनकाे समुह तयार नै छैन । याे पनि उनकाे हिटलर कै शैलि हाे ।

हिटलरको पदचाप पछ्याउँदै गोयबल्स शैलीमा प्रचारगरिएका मिथ्या प्रचारहरुले थिचेर हिटलर र गोयबल्सहरुकै जस्तो इतिहास हाम्रा प्रधानमन्त्री ओलीको नबनोस् । हाम्रो सुबेक्षा मात्र हो बाँकी त उनी र उनका सहयागीहरुकै हातमा छ ।

वि.सं.२०७७ मंसिर १७ बुधवार १४:५९ मा प्रकाशित

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्र काश्मीर शैव दर्शन र कौल त्रिक परम्पराको एक...

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

"देवताले भक्तलाई चिन्नु पर्दैन, भक्तले मात्र देवतालाई चिन्नुपर्छ।" यो नियम...

त्रिदेशीय साझेदारीको रणनीति : प्रचण्डको युगान्तकारी विचार

त्रिदेशीय साझेदारीको रणनीति : प्रचण्डको युगान्तकारी विचार

संसारमै चक्मा दिने गरी जनयुद्ध (बिचारले उठेको शसस्त्र संघर्ष) को...

विविधतामा एकता : नेपालको राष्ट्रिय पहिचानको मूल आधार

विविधतामा एकता : नेपालको राष्ट्रिय पहिचानको मूल आधार

१. पृष्ठभूमि राष्ट्रिय पहिचान भनेको साझा इतिहास, संस्कृति, भूगोल र...

सामाजिक सञ्जालको मनोविज्ञान : उपलब्धिभन्दा असन्तोष किन बढी ?

सामाजिक सञ्जालको मनोविज्ञान : उपलब्धिभन्दा असन्तोष किन बढी ?

नेपालमा सामाजिक सञ्जाल केवल सूचना आदानप्रदानको माध्यम मात्र रहेन, यो...

साना सहर विकासका अवसर र चुनौतीः सन्दर्भ खुर्कोट

साना सहर विकासका अवसर र चुनौतीः सन्दर्भ खुर्कोट

१. पृष्ठभूमि नेपालको सन्दर्भमा ‘साना सहर विकास योजना’ भन्नाले गाउँ...