back
CTIZAN AD

लघुकथा: ठग

वि.सं.२०७७ मंसिर २० शनिवार

828 

shares

’भैया लिनुहोस् चोरीको माल हो । म मिलाएर दिन्छु नि तपाईंलाई ।’

’होस् होस् पर्दैन मेरोमा छ ।’-भन्दै हरिहरले गोजी छाम्यो । गोजीमा राखेको पैसा रुपियाँ ठीक छ भनेर अन्दाज लागेपछि उसले फर्केर त्यो मोबाइल बेच्ने मानिसलाई हेर्यो । कलकत्ता जस्तो बजारमा चोरी हुन्छ भनेर हरिहरलाई थाहा छ । नम्र स्वरमा फेरि भन्यो, ‘लिनुहोस् भैया एक पिस छ ।’

हरिहर झर्केर भन्यो–’लिँदिनँ भनेको बुझिनस् ।’ हरिहरलाई वाक्कै बनाएकोले उसले झोला उठायो त्यहाँबाट अलिक पर सरेर बस्यो ।

यताउता मानिसहरूआवत जावत गरिरहेको भीड़मा दुईजना केटाहरू आएर विभिन्न समानहरू उसको अघि राखेर एकपछि अर्को समान देखाउँदै भन्यो– ‘लु ! हेर्नुहोस् यो नानीको लागि, लु ! हेर्नुहोस् यो भाभी (भाउजू) को लागि लानुहोस् लानुहोस् हामी मिलाएर दिन्छ ।’

हरिहरले उनीहरूपट्टि ध्याननै दिएन । एउटा केटा अलिक अघिनै समान उठाएर गइसकेको थियो भने एउटाले घरिघरि नयाँ नयाँ बस्तु निकालेर हरिहरलाई अल्मलाइरहेको थियो ।

बाबा बिमारी भएकोले हरिहर दिल्ली जाँदै गरेको थियो । कलकत्तादेखि उताको यात्रा उसको रेलमा गर्नुपरेको हुँदा उ रेलको प्रतीक्षामा थियो । घरिघरि दाईसित मोबाइलमा सम्पर्क गरिरहेको हरिहरले पछाडि राखेको झोला हेर्यो एकछिनमा झोला थिएन । उसले परसम्म गएर हेर्यो । अतालिएको हरिहरलाई पर्नसम्मको पीर परेको थियो । भीड़भाड़तिर गएर यताउता हेर्दाहेर्दै उसले झसङ्ग झस्केर गोजीमा हात लगाएर छामेको मात्र के थियोे, गोजीमा भएको मोबाइल, पैसा केही थिएन । हरिहर पसिनै पसिना भयो । कस्तो चोर ठाउँ रहेछ भन्दै एकोहोरो रेलको प्लेटफार्ममा घुमिरहेको थियो । अचानक टीटी छेउमा आएर टिकट माग्यो । यसै पनि अतालिएको हरिहरको एकपछि अर्को समान चोरी भएकोले टिकट पनि त चोरि भएको थियो । उसले जानी नजानी सबै समान चोरी भएको घटना टीटीलाई भन्यो । यसरी टीटी सामु झुकेर एकोहोरो अपराधी झैं उभिरहेको हरिहरलाई संसार कतै पनि सुरक्षित छैन भन्ने लाग्यो । प्लेटफार्मबाट निस्केर उ निकै परसम्म हिँडेर मानिसहरू सामु दुखेसो सुनाउँदै सहयोग मागिरहेको थियोे ।

वि.सं.२०७७ मंसिर २० शनिवार ०९:३४ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...