back
CTIZAN AD

कविताः तीनधारेको सिमल

वि.सं.२०७७ मंसिर २० शनिवार

1K 

shares

जस्ताको त्यस्तै रैछौ
तीनधारेको सिमल
छोए पनि थोरै बुढ्यौलीले
त्यसै रैछ्न् पात
केही पात झरेछन्
बनेछ माटो
लाग्यो मलाई
आखिर जिन्दगी पनि त
त्यही पात जस्तै रहेछ
ओइलिने झर्ने
सड्ने मर्ने

त्यसै रैछ्न् हाँंगा
लागे जस्तै मान्छेलाई रोग
तिम्रो हाँंगाहरुलाई
थोरै लागे जस्तो रोग
केही सुकेछन्
बनेर अमर
बसेको रैछौ
प्रिय!
सिमल तिमी

टाढा टाढा पुगेका
ती परदेशीहरुको
मन र मस्तिष्कमा
सपनामा देखुन तिमीलाई
बिपनामा पनि सम्झिउन् तिमीलाई
सबैको नजरमा
छाईरहोस् मुस्कान
जून र घाम
धर्ती र आकाश
रहेसम्म पृथ्वीमा

सानो छँदा
तिम्रो फल
लागेको बेला भोक
बन्यो भोजन
आयो याद
आयो सम्झना
देखेँ अमर
बढ्यो हर्ष

बसेको रैछौ जोगाएर
वरिपरीका वासिन्दालाई
बचाएर तिमी
यही स्कुलका
विद्यार्थीले पीउने
वटुवाले पीउने
कल्कलाउँदो पानी
प्यास लाग्दा पीउथेँ म
मैले जस्तै अरुले नि
मेट्थे प्यास
अहिले पनि देखेँ उस्तै
फेरी पीउँदा
लाग्यो खुशी
सधैभरी यसरी
बाँंचीरहनु
हाँसीरहनु
यही खुँगाली
वासिन्दाको नजरमा
टाढा टाढा पुगेका
ती परदेशीहरुको
मन र मस्तिष्कमा
सपनामा देखुन तिमीलाई
बिपनामा पनि सम्झिउन् तिमीलाई
सबैको नजरमा
छाईरहोस् मुस्कान
जून र घाम
धर्ती र आकाश
रहेसम्म पृथ्वीमा

वि.सं.२०७७ मंसिर २० शनिवार ०९:३७ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...