back
CTIZAN AD

सीमाना बन्द रहिरहँदा सर्वसाधारणलाई सास्ती

वि.सं.२०७७ मंसिर २२ सोमवार

714 

shares

२२ मंसिर, सर्लाही । कोभिड–१९ रोकथाम र नियन्त्रणका नाममा जारी करिब नौ महिना लामो नेपाल–भारत सीमा बन्द रहिरहँदा सर्वसाधारणलाई सास्ती भएको छ । नेपाल–भारत सिमाना वारिपारी आउनजान रोक लगाइदा सीमावर्ती क्षेत्रमा आर्थिक, सामाजिक र सांस्कृतिक गतिविधि प्रभावित बनेका छन् ।

सीमा वारिपारिको सम्बन्धमा लगाइएको रोकले दैनिक जीवनमा प्रभाव परेको भन्दै सीमा क्षेत्रका मानिसले आक्रोश समेत पोख्न थालेका छन् । जिल्लाका मुख्य नाकाबाट मालबाहक सवारी साधन खुलेआम रुपमा नेपाल प्रवेश गरिरहेका भए पनि सर्वसाधारण भने सिमानाका नजिकैको खेतको बाटोबाट वारिपारि गरिरहेका छन् ।

मुख्य सिमानाका मलङ्गवा, सिमानाका त्रिभुवननगर, पर्सा, बारालगायतका स्थानबाट चामल, दाल, आलु प्याज बोकेका मालबाहक सवारी साधन नेपाल प्रवेश गरिरहेका भए पनि स्थानीय प्रशासनले सर्वसाधारणलाई सो बाटोको प्रयोेग गर्न नदिँदा सर्वसाधारण खेत तथा गल्लीको बाटो प्रयोग गर्न बाध्य भएका स्थानीयवासी रामाआधार साहले बताए ।

नेपाली बजारमा भन्दा भारतीय बजारमा सस्तोमा सामान किन्न पाउने भएका कारण सो क्षेत्रका अधिकांश स्थानीयवासीले सीमापारीबाट नै घरायसी सामान ल्याउने गरेको रवीराज कुशवाहले बताए । मालबाहक सवारी साधनलाई बिना अवरोध प्रवेश गर्न दिँदा र सर्वसाधारण चोर बाटोबाट आवतजावत गर्नु पर्दा सीमावर्ती क्षेत्रका नेपालीलाई मर्का परेका सर्लाही उद्योग वाणिज्य सङ्घका अध्यक्ष वीरेन्द्र साहले बताए ।

सीमा खुलाउनुपर्ने मागमा राजनीतिक दल, सीमा क्षेत्रका स्थानीयवासीलगायत एकमत देखिएका छन्। जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीको संयोजकत्वमा सीमा खुलाउनका लागि दबाब दिन सर्वदलीय सङ्घर्ष समितिसमेत बनेको छ । सङ्घर्ष समितिको नेतृत्वमा मलङ्गवाको भारतको सोनवरसासँग जोडिने भन्सार क्षेत्रमा धर्ना समेत दिइएको भए पनि अहिलेसम्म त्यसको कार्यान्वयन भएको छैन ।

धर्नामा प्रदेशसभा सदस्य, स्थानीय निकायका प्रमुख, नागरिक समाज, उद्योग वाणिज्य सङ्घलगायतले साथ दिएका सङ्घर्ष समितिका संयोजक चौधरीले बताए । रासस

वि.सं.२०७७ मंसिर २२ सोमवार १६:०४ मा प्रकाशित

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज ।  बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी...

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...