back
CTIZAN AD

हुम्लाका घरदैलोमा स्वास्थ्य सेवा पुग्दा गाउँवासी प्रसन्न

वि.सं.२०७७ मंसिर २४ बुधवार

756 

shares

२४ मङ्सिर, सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिकाले यो आर्थिक वर्षदेखि स्वास्थ्य संस्थाको पहुँच भन्दा टाढा रहेका नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिन शुरु गरेको छ । घरदैलो स्वास्थ शिक्षा कार्यक्रम हरेक महिनाको २१ र २२ गते नियमीत सञ्चालन गरिँदै आएको छ ।

यो कार्यक्रम विषेश गरी फरक क्षमता भएका, ज्येष्ठ नागरिक, गर्भवती महिला, बालबालिका, गर्भवती तथा सुत्केरी महिला र स्वास्थ्य संस्थाको पहुँच भन्दा टाढा रहेका नागरिकलाई प्राथमिकतामा राखी सञ्चालन गरिँदै आएको गाउँपालिकाका स्वास्थ्य संयोजक बलिराज शाहीले जानकारी दिए ।

नागरिकले घरआगनमै स्थानीय सरकार आएको थप अनुभूति गर्न पाउन भनेर कार्यक्रम सञ्चालन गरिएको संयोजक शाहीले बताए । यहाँका अधिकांश नागरिकले स्वास्थ्य संस्थामा गएर सेवा लिन नसक्ने अवस्था भएपछि घरदैलो कार्यक्रम थालिएको हो ।

गाउँपालिकाका ७० वर्षीय दोर्मा हमालले भनिन्, “यो बुढेसकालमा लौरो टेकेर उपचारका लागि स्वास्थ्य चौकीमा पुग्नुपथ्र्यो, तर आजभोलि घरमै आएर उपचार दिनथालेपछि सरकार घरआगनमै आएको महशसुस भएको छ” । उनले फेरि थपिन्, “उपचार गर्न घरमा आएका स्वास्थ्यकर्मीले सान्वना दिएर खुशी बाँडेको देखेर थप उत्साहित भएको छु” ।

यस्तै अर्का स्थानीयवासी ८६ वर्षका नन्दबहादुर हमालले भने, “यसरी घरमै पुगेर यस्तो सेवा पाउँला भन्ने सोचेको थिइएन तर पछिल्लो समय यो सेवा पाउँदा सारै खुशी भएको छु” ।

उनले भने, “हामी जस्ता स्वास्थ्य संस्थासम्म पुग्न नसकेका ज्येष्ठ नागरिक बिरामीका लागि यो कार्यक्रम प्रभावकारी भएको छ” । गाउँपालिकाले सञ्चालनमा ल्याएको घरदैलो कार्यक्रममा अहिलेसम्म १४१ नागरिकले सेवा पाएको छिप्रा स्वास्थ्यौकिका अहेब प्रेम रावलले जानकारी दिए ।

गाउँपालिका–१ देखि ५ सम्म स्थानीय स्वास्थ्य चौकी, सामुदायिक एकाई र सामुदायिक अस्पताल गरेर दश स्वास्थ्य संस्था रहेका छन् भने एक डाक्टरसहित ३६ स्वास्थ्यकर्मी रहेका अहेब रावलले जानकारी दिए ।

यस्तै अस्थायी कोभिड अस्पतालका लागि एक डाक्टर, एक ल्याब टेक्निसियन र दुई स्टाफ नर्स रहेको उनले जानकारी दिए । आम नागरिकको घर दैलोमा पुगेर बिरामीको स्वास्थ्य जाँच गर्नुका साथै अन्य स्वास्थ्य सम्बन्धी परामर्शसमेत दिइने गरेको छ ।
स्वास्थ्यसेवा प्रदान गर्ने क्रममा गत वर्षको अनुदानबाट गाउँपालिकाको स्वास्थ्य शाखाले सबै नागरिकलाई घरमै स्वास्थ्यकर्मी पु¥याएर सेवा प्रदान गर्न घरदैलो कार्यक्रम सञ्चालन गरेको गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले जानकारी दिए ।
रासस

वि.सं.२०७७ मंसिर २४ बुधवार ११:४० मा प्रकाशित

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

काठमाडौँ । प्रदेश सरकारहरू फेरबदल हुने चर्चाले यतिबेला राष्ट्रिय राजनीतिमा...

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

काठमाडौँ । ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालयको...

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक...