
बैमान ती नजर
मौनतामै चलाउछ,
मनको तलाउमा आँधी ।
अत्याचार अत्ति भो
नारीहरु कालि बनौं,
महिषासुर वध गर्न ।।
च्यात्नुपर्छ अँध्यारो
चुपचाप कति बस्छौ ?
बोल ए ! कुण्ठित आवाज ।
आउ प्रेम बोकेर
हृदयको सागरमा,
अञ्जुलीमा अट्दैन माया ।
प्रेम नखोज प्रिय
चौबन्दीको तुनाभित्र,
हियाको बाटिका मुर्छिन्छ ।
अभाबको बिस्कुन
मौनता पोख्दैछ आँखा,
भोकको आक्रान्त कठोर ।
वि.सं.२०७७ पुस ४ शनिवार ०९:२४ मा प्रकाशित





























