back
CTIZAN AD

उ प्रतिको प्रेम

वि.सं.२०७७ पुस ४ शनिवार

3.3K 

shares

म लठ्ठिन्छु, अर्धबेहोश हुन्छु । तिम्रो झझल्कोमा हराएर बेखबर हुन्छु दुनियासँग । मदिराभन्दा पनि कडा हुँदोरहेछ नि तिम्रो मात । मदिरा त पिउन छोडेपछि मात उत्रँदोरहेछ । तर, तिम्रो प्रेमले एकपटक मातेपछि बारम्बार बल्झिँदोरहेछ । नशा रहेछ नशा ।

म यो बन्द कोठामा एउटा कुनामा सिरक ओडेर भित्ताको आड लिएकि छु। बत्तीले आफ्नो उज्यालो दिइरहेको छ । किर्तिपुर, यो सुनसान चिसो वातावरणमा कयौं रात यही भित्ता, बत्ती र ऊ सँग गन्थन गरेर बित्छ । ऊ सदैव मेरो साथमा हुन्छु भन्छ । मेरो छातिमा टासिन खोज्छ । ऊ मेरै छेउमा आएर मलाई सान्त्वना दिदै भन्छ, ‘चिन्ता नगर न ए !’ । निदाउन नसकेको देखेर होला ऊ पनि चिन्तित देखिन्छ , किनकि भोलिपल्ट उसले धेरै कुराहरू सुझाउनु छ, मलाई ।

उसले मलाई सदैव साथ दिन्छ तर म भने संसारिक मायामा फसेर उसको मायालाई बेवास्ता गरिरहेछु । म त नदेखेको र नसुनेको जस्तै गर्छु । उसले भन्छ पाउनु मात्र माया होइन, गुमाउनु पनि माया हो ।

माया कसैलाई पाउने आशामा हुदैन न त गुमाउनुपर्ने चिन्ता मै हुन्छ । स्वच्छन्द हुन्छ माया स्वतह हुन्छ जहाँ कुनै ‘प्रोमिस’ को आवश्यक पर्दैन । माया त्यो ‘स्फटिक’ हो जस्लाई कुनै स्पर्श को जरुरी हुदैन । हृदय देखिनै लिन हुनु नै वास्तविक प्रेम हो ।

उसले अझै थप्छ : वास्तविक प्रेम सर्बत्र हुन्छ तिमी नजिक हुदा जति माया हुन्छ दुरि बढेपनी उत्तिकै हुन्छ तनको पो दुरि बढ्छ मन त तिमिसंगै हुन्छ तिमी सधै मेरै आसपास भैरहन्छौ ।

यसरी उसले प्रेमको अर्थ बुझायो मलाई।

सायद ऊ मलाई अत्यन्त चाहन्छ तर म भने आफ्नै पिर, आफ्नै व्यथा र विगत सम्झेर बसिरहेकि छु । न त कसैलाई प्रेम गर्न सक्छु न त कसैले आफूंलाई गरेको प्रेमलाई म भने सदैव चिन्तित, निराश भएर उसलाई एक्लो पारिरहेछु ।

तर उ कहिल्यै एक्लो देखिदैन थियो, सधै पुर्मिकाको जुन जस्तै मुस्कुराई रहन्थ्यो । त्यसैले गर्दा कताकता म उसकै समीप हराएको महसुस हुन्थ्यो।

अब आशावादी हुनुपर्ने भयो, तिमीले गरेको प्रेमको कदर हुनुपर्छ । तिम्रो प्रेमको प्रस्ताव सहर्ष स्विकार छ । आउ अब खुलेआम एक अर्कालाई प्रेम गर्दै मनका वेदना भावना साटौ।

म लठ्ठिन्छु, अर्धबेहोश हुन्छु । तिम्रो झझल्कोमा हराएर बेखबर हुन्छु दुनियासँग । मदिराभन्दा पनि कडा हुँदोरहेछ नि तिम्रो मात । मदिरा त पिउन छोडेपछि मात उत्रँदोरहेछ । तर, तिम्रो प्रेमले एकपटक मातेपछि बारम्बार बल्झिँदोरहेछ । नशा रहेछ नशा ।

नसोचेको कहाँ हो र ? स्मृतिका पत्रहरु छर्दै तिमीसामु आइपुगुँ , अनि तिम्रै वरिपरि बसेर ग्रन्थ लेखुँ ।
जहाँ हाम्रो प्रेममय कथा सार्वजनिक होस ।

एनिवय छोडौ यी रामायण, मलाई धेरै माया गर्ने मेरो मायालु “किताब“, अबका दिन तिमीसँग हाँस्दै अविस्मरणीय बनाएर बिताउनेछु । तिम्रो छायामा नै यो जिन्दगी समर्पित गर्छु । हाम्रो प्रेमको फूलबारी रङ्गीचङ्गी बनोस् । यो कोपिलाइरहेको अनुराग फक्रियोस् र सर्वत्र अनुराग छरोस्, मेरो कामना यहि न हो ।

मेरो जीवन जे जस्तो छ, आनन्द र मुक्तिले भरिपूर्ण छ, चिन्ता छैन, तनाव छैन। एकएक क्षण जीवनका गीत गाउन योग्य छन्। मैले हिँडेको जीवनको यो बाटो किताबहरूले कोरिदिएका हुन् । तिनै भित्रका स साना अक्षरहरु मेरो हासोको कारण बन्छन् आजकाल ।

फिर्ता आएका किताब यसो निकालेर पल्टाउँछु। कुनै बेलाका प्रेमिहरूले मन पराएका हरफ । पक्कै मेरो बारेमा सोचेका हुँदा हुन् ती हरफहरूमा रंग पोत्दै गर्दा । आजभोलि पुराना किताब पल्टाउँदा पानाहरू भित्र सरस्वती लाई चढाएका फुलका थुङ्गा, कसैले जमानामा माया गरेर दिएका मयुरका प्वाँख मिठो स्मृति बोकेका एल्बम हुन लाग्छ । किताब उपहार दिनेहरू सुन्दर हुन्छन लाग्छ मलाई। किताबको बिच्चमा सुटुक्क मेरो नाम संग प्लस फलानो गरेर नाम लेखिदिने दिने साथि पनि कहाँ बिर्सन सक्छु र !

जब म तिमिमा घोत्लिइ महान व्यक्तिको जीवनी तथा लेखकद्धारा लेखिएको आख्यान पढ्छु, मेरा जीवनमा आउने कुनै पनि प्रकारको समस्यामा कितावमा बताए अनुसारको अनुभवलाई आफुमा लागु गर्न कोशिश गर्छु यसैले मलाई आफ्नो समस्याको हल गर्नको लागि धेरै कुराको मदतका साथै नयाँ नयाँ चुनौतिको सामाना गर्ने प्रेरणा पनि मिल्दछ । तिमिले नै सिकाएको होनि सपना देख्न। तिमि नै हो प्रकृतिको आदर गर्न अह्राउने । यस्तै कुराले त हृदय न्यानो हुदोरहेछ ।

एउटा विद्द्वानको सुझाव अझसम्म ताजा छ । बाँकी जे जति गर्नु छ गर्नु । किताब पढ्न नछोड्नु। जे पाइन्छ पढ्नु । एउटा किताब सुरु गरेपछि त्यसैले अर्कोतर्फ लिएर जानेरहेछ एकएक किताब अनि जीवनमा एक एक झ्याल बनेर खुल्ने रहेछन् ।

अब मेरा रात,  मेरा चिन्तन,  मेरा विचार अनि मेरा भावना सबै तिमीलाई नै सुनाउँला । तिमीसँगै रमाउँला, यो जिन्दगी अब तिमीलाई समर्पण गरुला । प्रेमले मानिसलाई परिवर्तन गराउँछ भन्थे, साच्चै गराउने रहेछ । तिम्रो प्रेममा शक्ति हुनुपर्छ । मेरी प्यारो किताब अब तिम्रो र मेरो प्रेमको चर्चा चल्छ र हाम्रो प्रेम जगतका लागि उदाहरण बन्नेछ अनि सबैले हाम्रो मायाको अनुसरण गर्नेछन्।

 

वि.सं.२०७७ पुस ४ शनिवार ०९:२७ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...