back
CTIZAN AD

छ गाविसमा अनुदान सम्झौता पूरा

वि.सं.२०७३ माघ ४ मंगलवार

924 

shares

४ माघ,  दोलखा । यहाँका छ गाविसका सम्पूर्ण भूकम्पपीडितसँग अनुदान सम्झौताको काम सकिएको छ ।

जिविस दोलखाका सूचना अधिकृत विक्रम कार्कीका अनुसार  िगौरीशङ्कर, लादुक, ओराङ, बाबरे, लापिलाङ र सहरे गाविसका सम्पूर्ण पीडितसँग अनुदान सम्झौताको काम सकिएको हो ।  गौरीशङ्करका लाभग्राही सूचीमा नाम समावेश भएका करिब तीन सय ७१ घरधुरीमध्ये सबै घरधुरीले अनुदान सम्झौता गरेको कार्कीले बताउनुभयो ।

यसैगरी लादुकमा  करिब एक हजार २५ घरधुरी रहेकामा सबैले अनुदान सम्झौता भइसकेको तथा ओराङमा रहेका चार सय ८६ घरधुरी रहेकामा ती सबैले अनुदान सम्झौता गरी पहिलो किस्ताको रकम बैंक खातामा निकासा गरिएको जिविस जनाएको छ ।

यसैगरी सहरेका आठ सय ६० घरधुरी र बाबरे गाविसका एक हजार ४५ घरधुरी र लापिलाङ गाविसका एक हजार ४१३ घरधुरीमध्ये सबै घरधुरीसँग अनुदान सम्झौताको काम सम्पन्न भएको जिविसले जनाएको छ ।

अनुदान सम्झौताको काम सुरु भएको दुई नगरपालिकासहित ४६ गाविसमध्ये छ गाविसमा मात्रै सम्पूर्ण पीडितसँग अनुदान सम्झौताको काम सकिएको हो । अन्य गाविसमा पनि अनुदान सम्झौताको काम करिब करिब अन्तिम चरणमा पुगेको तर कतिपय घरमूली जिल्ला बाहिर रहेकाको बाँकी रहेको बताइएको छ ।

एक सय आयोजना कार्यान्वयन

हिमाली उपआयोजनाअन्तर्गत एक सय ४९ आयोजना सम्झौता भई कार्यान्वयन भइरहेका छन् ।

जिल्ला पशुसेवा कार्यालयका प्रमुख वरिष्ठ पशु विकास अधिकृत ज्ञानबहादुर थापाले ती आयोजनामध्ये सबैभन्दा बढी ४६ वटा बाख्रापालनसम्बन्धी उपआयोजना सञ्चालनमा रहेको बताउनुभयो ।

हिमाली आयोजनाका वरिष्ठ कार्यक्रम अधिकृत सन्ध्या न्यौपानेले विसं २०६७ । ६८ देखि सुरु भएको उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार आयोजना हिमाली आगामी वर्ष कात्तिकसम्म सञ्चालन हुने जानकारी दिनुभयो ।

आयोजनाको बजेट रु तीन अर्ब १४ करोड २८ लाख  छ । हिमाली उपआयोजना व्यवसायीले उपआयोजनाबाट आफ्नो जीवनस्तर उकासिनाका साथै बेरोजगारलाई समेत रोजगारी दिन सफल भएको बताएका छन् ।

वि.सं.२०७३ माघ ४ मंगलवार ०६:१५ मा प्रकाशित

नेपाल टेलिकमको ‘मनसुन अफर २०८३’ सार्वजनिक, के-के छन त नयाँ सुविधा

नेपाल टेलिकमको ‘मनसुन अफर २०८३’ सार्वजनिक, के-के छन त नयाँ सुविधा

काठमाडौँ । नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि थप आकर्षक प्याकेज...

नेपाल राष्ट्र बैंकद्वारा वित्तीय ठगीबाट बच्न सर्वसाधारणमा सचेतनामूलक सन्देश जारी

नेपाल राष्ट्र बैंकद्वारा वित्तीय ठगीबाट बच्न सर्वसाधारणमा सचेतनामूलक सन्देश जारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले पछिल्लो समय प्रविधिको विकाससँगै बढ्दै...

पहिरामा परी एकाघरका दुई जनाको मृत्यु

पहिरामा परी एकाघरका दुई जनाको मृत्यु

गण्डकी । पहिरामा परी लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटवेशीमा बुबा र...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

ह्वातै घट्यो सुनको मूल्य प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वातै घट्यो सुनको मूल्य प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।...

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा ब्रेक...