back
CTIZAN AD

पैसो जथाभावि उठाएको हल्ला र प्रचाबाजी व्याप्त छ… कसले उठाएको हो ?

वि.सं.२०७३ माघ ४ मंगलवार

1K 

shares

Nepal-Path-commerade-ko
“कमरेड अब पनि यो पार्टी विधिबाट चल्छ भन्ने आशा छ तपार्ईमा ?” प्रमुख अतिथि तर्फ केन्द्रीत गर्दै कमरेड रोहणले प्रश्न गरे ।
“मन्त्रीहरू नै पार्टीप्रति उत्तरदायित्व हुन छाडेको खबर आयो नी ! के यो साँच्चिकै हो त कमरेड ?” कमरेड तृष्णाले प्रश्न थपिन् ।
“संगठनलाई सहयोग गर्नुस् पनि भन्ने, सहयोग दिन जाँदा भेट दिनसम्म पनि आलटाल गर्ने …,” कामरेड सुवोधले कुरा राखे ।
“आफू (व्यक्ति) मात्रै बलियो बन्ने, मन्त्री भएसँगै नातावाद र क्षेत्रीयतावादमा मन्त्रीहरू डुबेका छन्…. अनुगमन कसले गर्छ ?” कमरेड प्रीतमले प्रश्न गरे ।
“मन्त्रालयमा नियुक्ति र सरुवा–बढुवाको चलखेल अस्वभाविक भएका समाचार आइरहेका छन् । पैसो जथाभावि उठाएको हल्ला र प्रचाबाजी व्याप्त छ… कसले उठाएको हो ? होइन भन्ने सत्य तथ्य भन्नु प¥यो नी !”कमरेड मोहनले प्रश्न गरे ।
बैठक विधिवित चल्न त दिनुस अनि कुरा राखौला हुँदैन … ?” उद्घोषक कमरेड दीपाले कार्यक्रम सुरुवात गर्न खोजिन् ।
“म अब कमरेड सुयोधनलाई बैठकको ऐजेन्डामाथि प्रकाश पारिदिनु हुन अनुरोध गर्दछु…” उद्घोषकले बोलाइन् ।
“प्रमुख अतिथि कमरेड, अतिथि कमरेडहरू, सहयोद्धा कमरेडहरू तथा सहभागी कमरेडहरू…, आज हामीले मुख्यतः ३ ऐजेण्डामा छलफल गर्नेछौँ । पार्टी सदस्यता र जनसंगठन विस्तार, जनतासँगको सम्बन्ध सुदृढ गर्ने र आगामी कार्यक्रम मध्ये स्थानीयतहको निर्वाचनमा हामी कसरी जाने ?” कमरेड सुयोधनले ऐजेण्डा सार्वजनिक गरे ।
“अघि कामरेडहरूले राखेका जिज्ञासा र प्रश्नहरूको उत्तर दिएर अघि बढौँ भो कामरेड । ऐजेण्डामा जानु भन्दा पहिला क्लियर पनि त हुनु प¥यो नी.. ” प्रमुख अतिथिले बोल्ने इशारा गरे ।
“म अब प्रमुख अतिथि कामरेडलाई जिज्ञासाहरूका बारेमा प्रष्टिकरण दिन अनुरोध गर्दछु …” उद्घोषकले आग्रह गरिन् ।
“कामरेडहरू, तपार्ईहरूले उठाएका धेरै सवालहरूसँग म पनि सहमत छु । तर गर्नुहुन्छ के ? भद्रगोलका बीचबाट गोल हान्ने बानीको विकास हामीले गरेका छौँ । सोचेजस्तो र खोजेजस्तो चिरिच्याट्ट पार्टी हामीले बनाउन सकेनौँ । विधि–नीति पद्धति भएको भए त १ नम्बरको सर्वश्रेष्ठ हैसियतबाट हामी किन यति तल खस्थ्यौ र ? हामीले निकै गडबडी व्यहोरेका छौँ । प्रणाली ठिक नभएपछि व्यक्तिवादी बन्ने, आफूखुसी निर्णय गर्ने, प्रतिबद्धता बिर्सने, आर्थिक अराजकतामा जाने र पुरै संसदवादी चरित्रमा बदलिने काम हुँदो रहेछ । यो सँगसँगै अर्को कुरो पनि त बुझ्नु प¥यो नी कामरेड, यहाँ जेजति खबरदारी उठेका छन् त्यो त आन्दोलनको निष्ठामा बचेको सम्पत्ति पनि त हो । रुपान्तरणका लागि आलोचनामा जोड दिएर हामीले सकेसम्म सच्याउने हो, तपार्ईहरूले यहाँ उठाउनु स्वभाविक हो । मैले माथि उठाउने छु…” प्रमुख अतिथिले आश्वासन सहितको मन्तव्य दिएपछि सहभागीहरूबाट बेजोड ताली बज्यो ।
“कुरो मात्रै हुने भएत हामीले पनि धेरै राख्यौँ, तपार्ईहरू कतिपयले पनि माथि निकै राख्नुभयो । के यसरी मात्रै रुपान्तरण सम्भव छ त ?” कामरेड प्रद्युम्नले गहकिलो प्रश्न गरे ।
“हेर्नुस् कामरेडहरू आज हामीले सहि कार्यनीति बोक्न नसकेको, रणनीतिलाई सघाउने गरी कार्ययोजना बनाउन नसकेको, कही कतै धरमर भएको भन्ने सवाल उठेका छन् । मूलतः त्यो सहि छैन ।” “जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्र्दै समाजवाद व्यवस्थापनमा जाने कुरो प्रष्ट छ तर हाम्रा व्यवहार र गतिविधि त्यसतर्फ परिलक्षित छन् की छैनन् ? मुल कुरो त्यहि हो । दिमागी नपुंसकताको संज्ञा पनि हामीलाई दिइएको छ । लाइन अनुसारको कार्यकर्ता खोजेर उनीहरूको सीप, कौशलता र क्षमता हेरेर काम बाँड्न नसकेको अनुभूति हामीले गरेका छौँ । राष्ट्रियता–जनतन्त्र र जनजीविकाका मुद्दाहरूमा कहिँकतै अल्मलिएका हौँ की भन्ने पनि हामीलाई परेको छ । आन्दोलनमा लाग्नेहरूलाई नै आन्दोलनको कोर्षमार्फत कसको सेवा गर्दैछु भन्ने थाहा हुन छाडेको प्रसङ्ग पनि आएको छ । मुल्यांकनको सहि संरचना बन्न नसकेकोले कार्यकर्ताको सहि व्यवस्थापन र मूल्यांकन प्रणाली नभएको, त्याग र बलिदानीको भावना हिसाबमा आउन छाडेको जस्तो अनुभूति बढीरहेको सत्य हो । पद, पैसा र पावरको चक्रमा आन्दोलनलाई गोलमटोल पार्न खोजे जस्तो पनि देखिएको छ । यी सबैको निराकरण नगरी सुखै छैन, त्यसैले त हामी राष्ट्रिय भेला बोलाउँदै छौँ…।” प्रमुख अतिथिले बोल्नासाथ परर ताली बजिहाल्यो ।
(प्रस्ततु कमरेडको नेपालपथ ऐक्यबद्धताको मंसिर अंकमा पनि पढ्न सक्नुहुन्छ)

वि.सं.२०७३ माघ ४ मंगलवार ०६:४३ मा प्रकाशित

देवानगञ्ज गोलीकाण्डमा सरकारको गम्भीर सुरक्षा लापरबाही भएको नेकपाको आरोप, स्वतन्त्र छानबिनको माग

देवानगञ्ज गोलीकाण्डमा सरकारको गम्भीर सुरक्षा लापरबाही भएको नेकपाको आरोप, स्वतन्त्र छानबिनको माग

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको...

देशभर ओपीडी सेवा बन्द, माग पुरा नभए थप कार्यक्रम ल्याउने एनएमएको चेतावनी

देशभर ओपीडी सेवा बन्द, माग पुरा नभए थप कार्यक्रम ल्याउने एनएमएको चेतावनी

काठमाडौं। वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक...

सुरुङमार्ग संचालन भएकोमा खुशी व्यक्त गर्दै खनालले भने– “नीतिगत निरन्तरताको प्रतिफल हो यो आयोजना”

सुरुङमार्ग संचालन भएकोमा खुशी व्यक्त गर्दै खनालले भने– “नीतिगत निरन्तरताको प्रतिफल हो यो आयोजना”

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ...

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा ब्रेक...

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको...