back
CTIZAN AD

सुटिङमै रहेका बेला बलिवुड अभिनेत्री आलिया भट्टमाथि मुद्दा दायर

वि.सं.२०७७ पुस १२ आइतवार

609 

shares

सुटिङमै रहेका बेला वलिवुट अभिनेत्री आलिया भट्टमाथि मुद्दा दायर भएको छ । भारतीय फिल्म निर्देशक संजय लिला भंसालीको निर्देशनमा बनिरहेको फिल्म ‘गंगुबाई काठिवाडी) को सुटिङमै रहेका बेला आलियामाथि मुद्दा दायर गरिएको हो ।

फिल्म निर्देशक भंसाली र भट्टमाथि मुद्दा दायर गर्नेमा जसका बारेमा फिल्म बनिरहेको छ उनका परिवारका सदस्यहरु रहेका छन् ।
मुम्बईकी माफिया क्वीन तथा त्यहाँको एक चर्चित वेश्यालयको मालिक रहेकी गंगुबाईको जीवनमा आधारित रहेको उक्त चलचित्रको पोस्टर र प्रोमो आएपछि त्यसक्षेत्रका मानिसहरुले उनीहरु तथा अन्य नातेदारलाई समेत ‘वेश्याको परिवार’ भनेर पीडा दिन थालेपछि निर्देशक भंसाली र आलिया भट्टमाथि गंगुवाईका चार छोरामध्ये एकले मुद्धा हालेको बताइएको छ ।

गंगुबाईका चार धर्मपुत्र मध्ये एक बाबूजी रावजी साहल हुसैन जैदीद्धारा लिखित पुस्तक (माफीया क्वीन अफ मुम्बई) को आधारमा बनाउन लागिएको उक्त फिल्मका निर्देशक भंसाली र नायिका भट्टमाथि मुद्दा दायर गरेका हुन् ।

उनले जैदीद्धारा कितावमा लेखिएको बेश्यावृत्तिको भाग अपमानजनक भएको बताएका छन् । उनले निजी जीवन, स्वतन्त्रता र स्वाभिमानको अधिकारको उल्लंघन गरिएको बताएका छन् । उनले फिल्म उत्पादन र बुक वितरणमा समेत रोक लगाउन माग गरेका छन् ।
यस विषयमा सुनवाइ भइसकेको र मुम्बईको सिटी सिभिल अलदालतले आरोपितहरुसँगे ७ जनवरीभित्र जवाफ दिने समय दिएको छ ।
पछिल्लो समय मुम्बईको फिल्म सिटीमा यसको सुटिङ जारी रहेको छ । सुटिङको सेट डिजाइनका लागि ६ करोड खर्च भएको र उक्त फिल्ममा गंगुबाईको भूमिकामा आलिया भट्ट देखिने भएकी छन् ।

मुम्बई माफियाको रुपमा चर्चित गंगुबाईलाई आफ्नै श्रीमानले ५ सय रुपैयाँमा बेचिदिएका थिए । त्यसपछि उनी वेश्यावृत्तिमा लागेको उक्त पुस्तकमा लेखिएको छ । त्यतिबेला गंगुबाईले यस्तो काममा लाग्न बाध्य भएका युवतीहरुको लागि पनि धेरै काम गरेको बताइन्छ ।

वि.सं.२०७७ पुस १२ आइतवार १५:२४ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...