Logo
४ कार्तिक २०७८, बिहीबार
     Thu Oct 21 2021
E-paper
  English Edition
   Unicode
Logo

रुस्लान कप क्रिकेटको उपाधि पुलिसलाई



४ माघ,काठमाडौँ। नेपाल पुलिस क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा पुलिसले आर्मीलाई चार विकेटले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।

आर्मीले दिएको १४३ रनको लक्ष्यलाई पुलिसले १९ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो । उसको जितमा दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४२ रनको योगदान दिए । त्यस्तै, कुशल भूर्तेलले नटआउट ३४, दिलीप नाथले २४ तथा योगेन्द्रसिंह कार्कीले ११ रन जोडे ।

टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४२ रनको योगफल बनायो । आर्मीका लागि कप्तान विनोद भण्डारीले ४०, राजेश पुलामीले ३८, नरेश बुढाऐरले २८, अनिल मण्डलले १५ तथा सोमपाल कामीले नटआउट १५ रन जोडे ।

आर्मीलाई १४२ रनमा समेट्ने क्रममा पुलिसका ललितसिंह भण्डारी र कुशल भूर्तेलले समान दुई÷दुई विकेट लिए भने मञ्जित श्रेष्ठ र ललित राजवंशीले समान एक÷एक विकेट हात पारे ।

आर्मीका जीतेन्द्र मुखिया र विक्रम सोबले समान दुई÷दुई विकेट लिएका थिए । उपाधिसँगै पुलिसले रु तीन लाख हात पा¥यो । त्यस्तै उपविजेतामा सीमित बनेको आर्मीले रु दुई लाख प्राप्त ग¥यो ।

काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टरको आयोजना भएको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको थियो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । लागुऔषध मुद्दामा पक्राउ परेका आर्यन खानको जमानत निवेदन अस्वीकार भएपछि छोरालाई भेट्न

४ कार्तिक, काठमाडौँ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले आज (कात्तिक ४ गते) देखि सर्वसाधारणका

वालिङ्, स्यांग्जा । पर्वतका जयनारायण तिवारी र स्याङ्जाका शोभाखर ढकाल नेकपा (माओवादी केन्द्र) को

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि