back
CTIZAN AD

महाकाली नदीमा आधा दर्जन पुल बन्छन्ः भारतीय राजदूत राय

वि.सं.२०७३ माघ ५ बुधवार

966 

shares

५ भीमदत्तनगर । नेपालका लागि भारतीय राजदूत रणजीत रायले महाकाली नदीमा आधा दर्जन पक्की मोटर तथा झोलुङ्गे पुल निर्माण हुने बताउनुभएको छ ।

भारतीय दूतावासको सहयोगमा निर्माण सम्पन्न भएको कञ्चनपुरको भीमदत्तनगरस्थित महेन्द्रनगर उच्च माविको नवनिर्मित भवनको मंगलबार उद्घाटन गर्दै राजदूत रायले महाकाली नदीमा चार लेनको पक्की पुलसँगै पश्चिमी सीमा जोडिएको दार्चुलादेखि कञ्चनपुरसम्म अन्य थप ५÷६ वटा पुल निर्माणका लागि काम अघि बढिरहेको जानकारी दिनुभयो ।

उहाँले महाकाली नदीमा पुल बने सुदूरपश्चिमको विकासमा टेवा पुग्ने बताउनुभयो । “भारतको वनबासाबाट दक्षिणतिर चार लेनको पुल बन्छ ।” उहाँले भन्नुभयो– “पहाडी जिल्लामा पनि महाकालीमा पुल निर्माण हुनेछन् ।”

त्यसैगरी पञ्चेश्वर जलविद्युत् परियोजना बने सुदूरपश्चिमसँगै भारतको उत्तराखण्ड र उत्तर प्रदेशको विकासले गति लिने बताउनुभयो ।

भारतले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको उहाँको भनाइ थियो ।

महेन्द्रनगर उच्च माविको प्राचार्य उदयप्रकाश साउदका अनुसार दूतावासको रु चार करोड २२ लाखको लागतमा निर्माण सम्पन्न भएको ३२ कोठे भवनसँगै फर्निचर र कम्प्युटरसमेत सहयोग रहेको छ ।

वि.सं.२०७३ माघ ५ बुधवार ०३:४८ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...