back
CTIZAN AD

पाँच जिल्लामा उत्थानशील नगर प्रवद्र्धन कार्यक्रम सुरु

वि.सं.२०७३ माघ ५ बुधवार

969 

shares

 ५ माघ,भक्तपुर । ब्रिटिस रेडक्रसको रु ४० करोडको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीले उपत्यकालगायत नेपालको पाँच जिल्लामा उत्थानशील नगर प्रवद्र्घन र सहभागिता कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाले सञ्चालनमा ल्याएको सो कार्यक्रम आगामी २०२१ अगस्तसम्म सञ्चालन हुने सोसाइटीका केन्द्रीय सदस्य, विपद् व्यवस्थापन तथा सङ्कट व्यवस्थापन समितिका सभापति तथा भक्तपुर जिल्ला अध्यक्ष मनोज थापाले जानकारी दिनुभयो ।

नगर केन्द्रित बहुखतरा जोखिम न्यूनीकरणमा टेवा पु¥याउने उद्देश्यले सञ्चालन भएको उक्त कार्यक्रममा काठमाडौँमा काठमाडौँ महानगरपालिका र बूढानीलकण्ठ नगरपालिका, ललितपुरको बज्रबाराही र कार्यविनायक नगरपालिका, भक्तपुरको भक्तपुर र मध्यपुर थिमी नगरपालिका, कास्कीको पोखरा उपमहानगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिकामा सञ्चालन भएको थापाले जानकारी दिनुभयो ।

स्थानीय जनसमुदायको अगुवाइमा सरकारी, गैरसरकारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँगको समन्वय र सहकार्यमा सञ्चालन भएको कार्यक्रममा काठमाडौँको उत्थानशील नगर प्रवद्र्घन एवम् सहभागिता कार्यक्रमबाट विपद् जोखिम न्यूनीकरणमा स्थानीय सरकार सरोकारवाला निकाय र समुदायको क्षमता अभिवृद्घि हुनेछ ।

बढ्दो सहरीकरण, जनघनत्व, अव्यवस्थित वसोवास र आर्थिक विपन्नताले गर्दा नगरमा विभिन्न खालका खतरा र विपद्को जोखिम बढ्दो क्रममा रहेको बेलामा तिनलाई समाधान गर्न नेपाल सरकारको प्रयासलाई बल पु¥याउन यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

थापाका अनुसार प्रत्येक जिल्लामा २४ जना स्वयम्सेवकका दरले १२० जना स्वयम्सेवकले अहिले स्थानीयस्तरमा दलित, जनजाति, ज्येष्ठ नागरिक, विभिन्न धर्मावलम्बीलगायत विभिन्न व्यक्ति, उनका घरआँगनमा गएर विपद् जोखिम न्यूनीकरणबारे विविध तथ्याङ्क सङ्कलन गरिरहेका छन् ।

वि.सं.२०७३ माघ ५ बुधवार १०:४४ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

जङ्गली जनावरबाट पिडितलाइ राहत

जङ्गली जनावरबाट पिडितलाइ राहत

इनरुवा (सुनसरी) । जङ्गली जनावरबाट पीडित यहाँस्थित नागरिकलाई रु २३...