back

पाँच जिल्लामा उत्थानशील नगर प्रवद्र्धन कार्यक्रम सुरु

वि.सं.२०७३ माघ ५ बुधवार

573 

shares
GLOBAL IME AD
NTC AD

 ५ माघ,भक्तपुर । ब्रिटिस रेडक्रसको रु ४० करोडको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीले उपत्यकालगायत नेपालको पाँच जिल्लामा उत्थानशील नगर प्रवद्र्घन र सहभागिता कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाले सञ्चालनमा ल्याएको सो कार्यक्रम आगामी २०२१ अगस्तसम्म सञ्चालन हुने सोसाइटीका केन्द्रीय सदस्य, विपद् व्यवस्थापन तथा सङ्कट व्यवस्थापन समितिका सभापति तथा भक्तपुर जिल्ला अध्यक्ष मनोज थापाले जानकारी दिनुभयो ।

नगर केन्द्रित बहुखतरा जोखिम न्यूनीकरणमा टेवा पु¥याउने उद्देश्यले सञ्चालन भएको उक्त कार्यक्रममा काठमाडौँमा काठमाडौँ महानगरपालिका र बूढानीलकण्ठ नगरपालिका, ललितपुरको बज्रबाराही र कार्यविनायक नगरपालिका, भक्तपुरको भक्तपुर र मध्यपुर थिमी नगरपालिका, कास्कीको पोखरा उपमहानगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिकामा सञ्चालन भएको थापाले जानकारी दिनुभयो ।

स्थानीय जनसमुदायको अगुवाइमा सरकारी, गैरसरकारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँगको समन्वय र सहकार्यमा सञ्चालन भएको कार्यक्रममा काठमाडौँको उत्थानशील नगर प्रवद्र्घन एवम् सहभागिता कार्यक्रमबाट विपद् जोखिम न्यूनीकरणमा स्थानीय सरकार सरोकारवाला निकाय र समुदायको क्षमता अभिवृद्घि हुनेछ ।

बढ्दो सहरीकरण, जनघनत्व, अव्यवस्थित वसोवास र आर्थिक विपन्नताले गर्दा नगरमा विभिन्न खालका खतरा र विपद्को जोखिम बढ्दो क्रममा रहेको बेलामा तिनलाई समाधान गर्न नेपाल सरकारको प्रयासलाई बल पु¥याउन यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

थापाका अनुसार प्रत्येक जिल्लामा २४ जना स्वयम्सेवकका दरले १२० जना स्वयम्सेवकले अहिले स्थानीयस्तरमा दलित, जनजाति, ज्येष्ठ नागरिक, विभिन्न धर्मावलम्बीलगायत विभिन्न व्यक्ति, उनका घरआँगनमा गएर विपद् जोखिम न्यूनीकरणबारे विविध तथ्याङ्क सङ्कलन गरिरहेका छन् ।

वि.सं.२०७३ माघ ५ बुधवार १०:४४ मा प्रकाशित

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बागमती । हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । वर्षासँगै...

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

वीरगञ्ज (पर्सा) । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालय मातहतका...

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ढोरपाटन (बागलुङ) । दुई दशक अगाडि ट्रर्याक खुलेको गलकोट–ताराखोला सडक...

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

गलकोट (बागलुङ) । बागलुङमा प्याराग्लाइडिङको सम्भावना राम्रो रहेको परीक्षण उडानले...

अझै बनेन दुई वर्षअघि बाढीले भासिएको पुल

अझै बनेन दुई वर्षअघि बाढीले भासिएको पुल

झापा । यहाँको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले...

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको अधिवेशन यही जेठ ११ गतेदेखि सुरु...