अंग्रेजी नयाँ वर्ष २०२१ को अवसर पारेर एक्काइस सर्जकले एक्काइस सिर्जना प्रस्तुत गरेका छन् ।
सिर्जना उत्सव, बोस्टनले आयोजना गरेको कार्यक्रममा अमेरिका, क्यानडा र नेपालका कविहरूले कविता, गजल र मुक्तक सुनाएका हुन् ।
कार्यक्रममा वसन्त श्रेष्ठ, डा. गोविन्दसिंह रावत, डा.मधु माधुर्य, पुरु सुवेदी, पदम विश्वकर्मा, आनन्द श्रेष्ठ, कृष्णकुमार गिरी, राजेन्द्र श्रेष्ठ, सर्वज्ञ वाग्ले, किशनसिह धामी, सिर्जना शर्मा, अपराजिता खुशी, हरिमाया अधिकारी, सुशिला खडका हसिना, र मोदनाथ सादाले सिर्जना वाचन गरेका हुन् ।
शुभकामना आदान–प्रदानसहित कार्यक्रममा सुभद्रा पराजुली, सर्वज्ञराज पौडेल, दीपा राई पुन, ममता कर्माचार्य, महेश्वर पन्त र गोवर्ध्दन पूजाले पनि कविता सुनाए । सिर्जना उत्सव, बोस्टनको यो ६३ औं शृङ्खला हो ।
वि.सं.२०७७ पुस २१ मंगलवार १२:५० मा प्रकाशित






























