back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७७ पुस २५ शनिवार

930 

shares

१.
तिम्रो यादले जल्छ मुटु, आगो चाहिंदैन
चङ्गासरी उड्छ यो मन, धागो चाहिंदैन ।।
तिम्ले धोका दियौ माया, शब्दै झुठो लाग्छ
बिश्वास मर्न अब कुनै,लागो चाहिंदैन ।।
२.
आगनीमा बसी आमा, टोलाउँदैछिन घरी घरी
परेलीले आँशु छेकी,लोलाउँदैछिन घरी घरी ।।
बर्षौं पहिले सहिद भाको, छोरो देखी फर्किएको
सपना मै झस्किएर,बोलाउँदैछिन घरी घरी ।।
३.
राष्ट्रियता झल्काउँदै,लाली गुराँस फुल्छ्न् बनमा
कोइली गाउँछन् बिरहले, डाँफे डुल्छन् बनमा ।।
पशुपन्छी खेल्छन लगाई,जङ्गल सँग मिठो नाता
सौन्दर्यता पोखी मिठास सुनाखरी झुल्छन् बनमा ।।
४.
मन् फुरूङ्ग भएर कहिले, झर्ना जस्तै झरिदिन्छ
फूलै फूलको बहार झैं, कहिले सुवास छरिदिन्छ ।।
कल्कलाउने कोपिलामै,कति जीवन फूल्न नपाई
हुरी आइ कहिले काहिँ, तहस नहस गरिदिन्छ ।।
५.
मातृभूमि आमा समान, वचनलाई शुद्द गरौं
रगतको खेल बन्द गरी, चित्त अब बुद्ध गरौं ।।
खुकुरीलाई दापमा राखी, बिर्काेखोलौं कलमको
हतियारको हैन हजुर, बिचारको युद्ध गरौं ।।

वि.सं.२०७७ पुस २५ शनिवार ०८:३६ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...