
ठन्डी को मौसम छ प्रीय ! अलि न्यानो गरु कि
किन यति दुर बस्छौ अलि वर पो सरु कि ।।
दुई तन मिले पछि बैँष का मुना फुल्ने हो
अंगालो मा बाधेर माया को सुबास छरु कि ।।
तिम उता म यता जलेर किन बस्नु र ?
प्रेम को ज्वाला निभाउन सङै सागर तरु कि ।।
बिन्दास भएर बाच्नु पर्छ यो जिन्दगी मा
कोठा मा मधुमास को रङ पो भरु कि ।।
वि.सं.२०७७ पुस २५ शनिवार ०८:३७ मा प्रकाशित






























