back
CTIZAN AD

कविता: पाखे हूँ गाउँको

वि.सं.२०७७ पुस २५ शनिवार

1.1K 

shares

को देख्छन् घर गाउँ जीर्ण झुपडी छानो चुहेको यहाँ ?
मुर्दा छोप्न समेत हुन्न कपडा निर्धो कुहेको यहाँ ।
चर्चा मात्र बटुल्न खोज्छ जसले होला र त्यो लेखक ?
कुर्सीमात्र समाउने नियतका को बन्दछन् सेवक ?

हावा दैनिक बाँड्छ बासन यहाँ रोक्दैन ऊ व्यस्त छ
पानी दैनिक प्यास मेट्छ तनको कर्तव्य ऊ बुझ्दछ ।
सल्लो साल बनिन्छ स्रोत बिजुली बल्छ्न् दियालो टुकी
फुल्छ्न् चाँप सुनाखरी रहरले बेली चमेली बुकी ।।

गर्मी मौसममा चिसो सिरसिरे हावा सिरेटो चली
ताजा खानु छ काँकरी कति मिठो त्यस्तै करेलो फली ।
आजै टप्प चुँडेर खान्छु निगुरो पाखा र खोल्सा पसि
कोदो फापरको ढिँडो रहरले ओडाल्छु भान्सा बसी ।।

बारीका डिलमा फलाउँछु सुठो फर्सी कुभिन्डो कति
खोर्सानी मसला पिरो अकबरे लौका चिचिन्डो कति ।
खल्पी खान्छु अचार चट्ट चटनी सिन्की मुलाको म ता
भैँसीको घिउ खान्छु ओलन दही ठेकी मदानी सदा ।।

रायो साग र काउली कति मिठो लट्टे लुँडे खान्छु म
आफ्नैमा छ सिमी पिँडालु कुरिलो यो नै खुसी ठान्छु म ।
खाजा इस्कुस आलु या तरुल ती फल्छन् करेसा भरी
आम्दानी पनि गर्छु बेच्छु सहजै आतिन्न खाँचो परि ।।

बोडी पालक सागपात धनियाँ बेसार फुल्छन् यहीँ
तोरी तेल चना मुगी र मुसुरो भण्डार हुन्छन् यहीँ ।
लौकाका गुचुमुच्च झाङ लहरा फल्छ्न् घिरौँलाहरू
भिण्डी गोलभिँडा मिसाउन गए चाहिन्न केही अरू ।।

यस्तो स्वच्छ सफा छ जीवन यहाँ यो शान्ति पाइन्छ र ?
बस्छौँ दुःख गरेर गाउँ घरमा पाखे बनिन्छौँ तर ।
पैसा दम्भ घमन्ड त्यो शहरमा मात्रै छ आडम्बर
झुप्रो होस् तर गाउँको महल हो पुर्खा बसेको घर ।।

छन्दः शार्दूलविक्रीडित

वि.सं.२०७७ पुस २५ शनिवार ०८:४० मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...