back
CTIZAN AD

ओली खेमाको गल्याङ भेलामा कांग्रेसबाट १३ जना प्रवेश

वि.सं.२०७७ पुस २६ आइतवार

708 

shares

स्याङ्जा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली खेमाले नेपाली कांग्रेसका कार्यकर्तालाई पार्टी प्रवेश गराउंदै गल्याङ नगर स्तरीय भेला सम्पन्न गरेको छ ।

पार्टी बिभाजनको प्रक्रियामा अगाडि बढिरहेका बेला नेकपाका दुबै पक्षले आ-आफ्नो समुहलाई बलियो बनाउन देशव्यापी कार्यकर्ता भेलालाई तिब्रता दिएका छन ।

सोही क्रममा नेकपा ओली खेमा स्याङ्जाले आज आइतबार गल्याङ नगर स्तरीय कार्यकर्ता भेला सम्पन्न गरेको छ । भेलामा निर्वाचित उपमेयर देवी थापा सहित अधिकांश निर्वाचित पदाधिकारी र पार्टी कमिटीका सदस्यहरुको उपस्थिति भएको ओली खेमा स्याङ्जाले जनाएको छ । सोही भेलामा नेपाली कांग्रेसमा आवद्ध रहेका १३ जना कार्यकर्ता नेकपामा प्रवेश गरेका थिए ।

भेलामा कृषि तथा पशुपंक्षी विकास मन्त्री तथा पार्टी केन्द्रिय सदस्य पद्माकुमारी अर्याल, पार्टी केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे (पारस) र केन्द्रिय सदस्यहरु मोहन रेग्मी, पुण्य भुसाल, मुक्ती पाठक, किशोर मल्ल लगाएतले मन्तव्य राखेका थिए । त्यस्तैगरि भेलामा अनेरास्ववियुका केन्द्रिय सदस्य रामु सापकोटा र युवा संघका केन्द्रिय भरत गोदारले मन्तव्य राखेका थिए ।

दानबहादुर थापाको अध्यक्षतामा भएको भेलाको सन्चालन छवि भुसालले गरेका थिए भने स्वागत मन्तव्य किसान श्रेष्ठले गरेको नेकपा स्याङ्जाले जनाएको छ ।

वि.सं.२०७७ पुस २६ आइतवार २०:५१ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

ढोरपाटन (बागलुङ) । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै...

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

ढोरपाटन (बागलुङ) । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

जनक श्रेष्ठ, लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा...

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...