back
CTIZAN AD

कोभिडका कारण लण्डनमा पूर्व गोर्खाको निधन

वि.सं.२०७७ पुस २७ सोमवार

660 

shares

२७ पुष, लण्डन । कोभिड १९ को संक्रमणबाट बेलायतमा पूर्व गोर्खाका एक अभियन्ताको निधन भएको छ ।

अल्डरसटमा बस्दै आएका ७५ वर्षीय रणबहादुर लिम्बूको शुक्रबार उपचारका क्रममा स्थानीय फर्मली पार्क अस्पतालमा निधन भएको हो । कोभिड संक्रमण भएर अस्पताल भर्ना भएको ९ दिनपछि उनको निधन भएको गेसोले जनाएको छ ।

गेसोले दिएको जानकारी अनुसार लिम्बुको उपचारको क्रममा  ८ जनवरी २०२१ का दिन वेलायत स्थित फ्रिम्लीपार्क अस्पतालमा दुखद निधन भएको हो । अल्डरसट क्षेत्रीय समितिका सल्लाहकारसमेत रहेका लिम्बूको निधनको खबरले सम्पुर्ण गेसो परिवार मर्माहत भएको बताएको छ ।

घरमा सबैजनालाई ज्वरो आएपछि डिसेम्बर २४ मा टेस्ट गराउँदा उनको पति पत्नी र माइला छोरालाई पोजिटिभ देखिएको लिम्बूको श्रीमतीले जानकारी दिएकी छन् । उनलाई श्वासप्रश्वासमा गाह्रो हुन थालेपछि डिसेम्बर ३१ का दिन एम्बुलेन्स बोलाएर अस्पताल लगिएको थियो । अस्पतालमै उपचारका क्रममा लिम्बूको ९ दिनपछि निधन भएको हो ।

परिवारले दिएको जानकारी लिम्बू पहिलेदेखि नै मधुमेहका बिरामी थिए । गतवर्ष मात्रै उनको एउटा खुट्टाको अप्रेसन गरी काटिएको थियो । स्वर्गीय लिम्बूका श्रीमती र तीन छोरा छन् । दुई छोरा बेलायती सेनामै कार्यरत छन् भने कान्छा छोरा बाबुआमासंगै छन् ।

ताप्लेजुङको सिकैचा पुख्र्यौली भएका लिम्बूको परिवार पछि दमकमा सरेको थियो ।सामाजिक कार्यहरुमा रुची राख्ने उनी गोर्खा आन्दोलनमा निकै सक्रिय थिए ।

वि.सं.२०७७ पुस २७ सोमवार १२:५९ मा प्रकाशित

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

काठमाडौं । गैरआवासीय नेपाली संघ दक्षिण अफ्रिका तथा अफ्रिकाका विभिन्न...

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

नेपाली मूलका सामुदायिक अभियन्ता तथा सामाजिक नेतृत्वका रूपमा परिचित सोमनाथ...

अर्थमन्त्री वाग्लेलाई एनआरएनए निवर्तमान अध्यक्ष श्रेष्ठको आठबुँदे सुझाव

अर्थमन्त्री वाग्लेलाई एनआरएनए निवर्तमान अध्यक्ष श्रेष्ठको आठबुँदे सुझाव

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसिसीका निवर्तमान अध्यक्ष महेश...

‘दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको निर्णय दुःखदपूर्ण’

‘दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको निर्णय दुःखदपूर्ण’

अफ्रिका । दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको...

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

डेनभर। नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै...