back
CTIZAN AD

पानी अभियानलाई क्यानाडाबाट रजौरे परिवारले लाख दिने घोषणा

वि.सं.२०७३ माघ ७ शुक्रवार

822 

shares
suresh-rajor-canada

लक्ष्मीपुर गाविस सुनपुर दाङमा चलिरहेको करोड पानी अभियानको लागि दाङ हलवारका हाल क्यानाडा बस्ने श्री सुरेश रजौरेले आफ्नो वैवाहिक वार्षिकोत्सबको सन्दर्भ पारेर नारा सफल हुनुपर्दछ , पानी अभियानको नारा मात्र सफल हुन सक्यो भने धेरै नेपालको गाउँहरुको बिकास सम्भव छ भन्दै   रु १ लाख सहयोग गर्ने खबर पठाउनु भएको जानकारी क्यानाडाबाट श्री एन बी टन्डनजीले गराउनु भएको छ । पानी अभियानजस्तो पवित्र कार्यमा सहयोग गर्ने खबर पठाउने श्री सुरेश रजौरे साथै  उहाकी धर्म पत्नी श्रीजना (पोखरेल ) रजौरे एवम रजौरे परिवारप्रति  पानी अभियानकर्ताले हार्दिक आभार प्रकट गरिसकेका छन् ।

स्मरण रहोस् पानी अभियानमा देश बिदेश गरेर हाल सम्म झन्डै २७ (सत्ताइस) लाखको प्रतिवद्दता आइसकेको छ । पानी अभियानकर्ता लेख्छन् ”  पानी छ र त जीवन छ ।  पानी छ र त यो दुनियाँ छ । शरीर पखाल्ने पानी छैन भने मन्दिर भित्र जुता छोड्याएर पस्नुको अर्थ के रह्यो र ? तिमीले आफु दु:ख पाए पनि अरुको लागि राम्रो  सोच यो प्रकृतिले पुर्याउछ रे राम्रो सोचको कारणले गर्दा यो दुनियाँले सुख पाउछ केही गरिदिनु पर्दैन मात्र राम्रो काम गर्नेको कुभलो नसोचे हुन्छ । कम से कम हामी विदेशिएका हरुले केही गर्न नसके पनि राम्रो सोचे हुन्छ ।

स्वीजरल्यान्डको पहाड पनि पहाडै हो नेपालको पहाड पनि पहाडै हो । यो दुनियाँमा जुन सुकै  माटो होस् त्यो माटोलाई श्रद्दा गर्न सके मात्र हाम्रो कल्याण छ । आफ्नो माटो सबैलाई प्यारो छ । हो त्यही माटो सम्झने सोचको बिकास हुने क्रममा जन्म भएको हो यो पानी अभियान । यत्रो वर्ष त सधैं दु:ख गरियो प्रकृतिको लागि दु:ख कम गरियो कि भनेर शुरु भयो पानी अभियान ।  यो दुनियाँ विस्तारै जाग्दैछ हिजो धारे हात लगाएर गाली गर्नेहरु अब चुप लाग्दैछन् तर तिनिहरुको घरमा पनि धारो पुग्नैपर्दछ । पानी अभियानको शुरुवाती गाउँ सफल पारेर पुरै देश भरि सरकारले नारा पुरा कस्सिनै पर्दछ । सधैं देश गरीब भो भनेर कुर्लिएर भएन काम त गर्नै पर्दछ ।

दुनिया   जाग्यो भने असम्भब त केहि छैन । मंगल् ग्रहमा वस्ती बसाल्छु भन्ने हरु हो एक पटक यो प्रिथिवीमा   पानी अभियानको नारा सफल पारेर हेर त यो प्रिथिवी कस्तो बन्दछ ? सधैं चन्द्रमाको कुरा गर्ने हो एक पटक पानी अभियान नारा बारे कुरा एवम पुरा  गरेर त हेर यो प्रिथिवी कस्तो बन्दछ ? असम्भव केही छैन ! “

वि.सं.२०७३ माघ ७ शुक्रवार ०७:३५ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...