back
CTIZAN AD

हिन्दु बुद्ध मन्दिरको लोगो डिजाइनको आह्वान

वि.सं.२०७३ माघ ७ शुक्रवार

1K 

shares

logo-of-hindu-mandir

नेपाली समुदायहरुको आफ्नै प्रयासमा बाल्टिमोर मेरिल्याण्ड राज्यमा बनाउन शुरु गरिएको पहिलो ‘हिन्दु बुद्ध मन्दिर’ को लागि अत्यन्तै महत्त्वपूर्ण रहेको मन्दिरको लोगो डिजाइनको लागि सम्पुर्ण मेरिल्याण्डवासीहरुलाई खुल्ला आव्हान गरिएको छ। नेपालको हाम्रो मौलिक भाषा, संस्कृति, सभ्यता सहित हिन्दु र बौद्ध धर्मको परिचय र पहिचान झल्काउने ‘सरल र अर्थपुर्ण लोगो’ का लागि इच्छुक सर्वसाधारण तथा डिजाइनहरु सबैमा खुल्ला अनुरोध गरिएको हो ।

हिन्दु बुद्ध मन्दिरको ‘लोगो डिजाइन’ का लागि खुल्ला रुपमा गरिएको यस आह्वानमा हर कोही उमेर समुहका इच्छुक बाल्टिमोर-मेरिल्याण्डवासी नेपालीहरुले खुल्ला रुपमा भाग लिन सक्ने जनाइएको छ । आफूले तयार गरेको लोगोलाई कागजमा उतारेर वा प्रिन्ट गरेर त्यसको तस्वीर खिचेर मितिस् जनवरी २३ तारीख सोमबार भित्र Nepali American Cultural Center को Facebook पेज मार्फत पठाई सक्नुपर्नेछ बताइएको छ । । यसको लागि यो https://www.facebook.com/groups/1110950009024681/ लिंकमा क्लिक गर्नुपर्दछ ।

प्राप्त लोगोहरु मध्येबाट मन्दिर निर्माण स्वयंसेवक कमिटी, मार्फत उत्कृष्ट ५ ओटालाई छ्नौट गरि उक्त उत्कृष्ट ५ मध्येबाट पनि फेरि सम्पुर्ण मेरिल्याण्डवासी सर्वसाधारणहरुमा फेसबुक पोल भोटिङ गरि सर्वोकृष्टलाई छ्नौट गरिने बताइएको छ । यसरी छनौट भएको सर्वोकृष्ट लोगो नै भोलीका दिनहरूमा मन्दिरका लागि आधिकारिक र बैधानिक लोगोको रुपमा प्रयोगमा ल्याइने छ।
उत्कृष्ट ५ लोगो डिजाइन गर्ने सहयोगीहरुलाई प्रायोजनहरुका मार्फत संकलित आकर्षण उपहारहरु सहित प्रमाणपत्रले विशेष सम्मान गरिने छ।

सफुर्त परिचालनले अघि बढिरहेको हिन्दु बुद्ध मन्दिर निर्माण अभियानमा सबैलाई हातेमालो गर्न अनुरोध गरिएको छ ।

“GO FUND ME” मार्फत मन्दिरका लागि सहयोगका गर्न  चाहनेले https://www.gofundme.com/sxjcw4 मा क्लिक गर्नुपर्दछ ।

सम्पर्क थप जानकारीका लागि :
नेपाली अमेरिकन कल्चरल सेन्टर
हिन्दु बुद्ध मन्दिर
बाल्टिमोर, मेरिल्याण्ड

वि.सं.२०७३ माघ ७ शुक्रवार ०७:२५ मा प्रकाशित

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

ब्रुज (बेल्जियम)। नेपाली जनसम्पर्क समिति बेल्जियमको छैटौं अधिवेशन सम्पन्न भएको...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...

एनआरएनएले मनोनयन ग¥यो रिक्त पदहरु मनोनयन, परे यी नामहरु

एनआरएनएले मनोनयन ग¥यो रिक्त पदहरु मनोनयन, परे यी नामहरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले २०२५–२०२७ कार्यकालका लागि...