back
CTIZAN AD

लघुकथाः विवाह

वि.सं.२०७७ माघ ३ शनिवार

741 

shares

एकपटक सानुराजा आफ्नो बाबुको पुख्र्याैली घर हेर्न भनेर पहाड पुग्यो । पहाडमा पुगेपछि आफ्नो ठूलोबाबुको घरमा गएर बस्यो । ठूलोबाबुको छोरी उमा पनि त्यहीबखत माइतमा आइपुगेकी थिइन् । उमाले सानुराजासँग भनिन् भाइ, तिमीलाई म भनेजस्तो केटी विवाह गर्नको लागि पहाडमा खोजिदिन्छु । तिमीले पहाडको केटी विवाह गर्नुपर्छ । मेरो छोरा हरिरामले चाहिँ नेपाल प्रहरीको इन्स्पेक्टर भएकोले काठमाडौंकै भनेजस्तो केटी विवाह गर्न सक्छ ।

उमाले त्यसो भन्दा मैले नेपाल प्रहरीको इन्स्पेक्टरमा जागिर खान नसकेकोले मलाई होच्याएर भनेको हुनुुपर्छ भनेर सानुराजाले महसुस गर्छ । केही वर्ष बितेपछि हरिरामले पहाडकै केटी मन पराएर विदामा आफ्नो घर गएको बखत भगाएर काठमाडौंमा लैजान्छ र काठमाडौंको मन्दिरमा गएर सिउँदोमा सिन्दूर लगाइदिन्छ । त्यसपछि उसले आफ्नो श्रीमतीलाई लिएर घरमा पुग्दा आमाको मनमा ठूलो चोट पर्दछ ।

सानुराजाले काठमाडौंमा एउटा बैंकमा आफ्नो योग्यताअनुसारको पदमा नोकरी पाउँछ र बैंकमा नै काम गरेको केटीसँग उसको मन मिल्न पुगेर वैवाहिक जीवनमा बाँधिन पुग्छ ।

वि.सं.२०७७ माघ ३ शनिवार ०८:२६ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...