back
CTIZAN AD

अमिताभ बच्चनले लिए ‘कौन बनेगा करोडपति’को सेटबाट बिदा

वि.सं.२०७७ माघ ५ सोमवार

594 

shares

काठमाडौं । निरन्तर रुपमा होस्ट गर्दै आएको कार्यक्रम ‘कौन बनेगा करोडपति’ को सेटबाट अभिनेता अमिताभ बचनले बिदा लिएका छन् ।

ए डी २००० जुलाई बाट सुरु गरिएको रियालिटी सो ‘कौन बनेगा करोडपति’ सिजन १२ सम्म आइपुगेको छ । लोकप्रिय कार्यक्रमको रुपमा स्थापित भैसकेका उक्त कार्यक्रमलाई होस्ट गर्दा गर्दै थाकेका अमिताभले अब रियालिटी सो बाट अवकास लीने भएका हुन् ।

अन्तिम हप्ता मात्र सिजन बाह्रको छायांकन सकाएका अमिताभले रियालिटी सो बाट बिदा लीने जानकारी आफ्नो ब्लगमार्फत दिएका हुन । उनी भन्छन् – ‘म थकित छु र रिटायर पनि । क्षमा गर्नुस् । के बिसीको यो अन्तिम छायांकन निकै लामो रह्यो । भोलि जे पनि हुनसक्छ । तर याद राख्नुस् काम भनेको कामनै हुन्छ । आफ्नो काम इमानदारीपूर्वक गर्नुपर्छ । यो अन्तिम सुटिङसँगै तपाईँहरूको स्नेह र प्रेमले मलाई बिदाइ ग¥यो ।’

उनले कौन बनेगा करोडपतिको टोलीले एक अर्काको निकै ख्याल राख्ने र कडा परिश्रम गर्ने गरेका बताउँदै यो सेटबाट टाढिन गाह्रो भएको समेत बताएका छन् । कौन बनेगा करोडपतिको सिजन बाह्रनै अमिताभको अन्तिम सिजन रहने बलिउड सञ्चार मिडियाले जनाएको छ ।

वि.सं.२०७७ माघ ५ सोमवार १५:०१ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...