back

अधिवत्ता दीनमणि पोखरेलको प्रश्न : आफुँले चलाउन नसकेपछि संसद नै भंङ्ग गरिदिने ?

वि.सं.२०७७ माघ ५ सोमवार

381 

shares
RBB AD
NTC AD

माघ ५,काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि सुनुवाई जारी छ । आजको बहस प्रधानमन्त्रीको कदम सही हो कि होइन भन्नेमा केन्द्रित छ ।

बहसमा भाग लिँदै रिट निवेदकका तर्फबाट अधिवक्ता दिनमणि पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको विवादलाई लिएर संसदमाथि प्रहार गरेको बताए । आफुँ सरकार चलाउन पनि नसक्ने र अरुलाई पनि बाटो छेक्ने काम प्रधानमन्त्रीले गरेको उनको भनाई छ ।

‘आफूले चलाउन नसकेपछि अरूले चलाउने बाटो पनि बन्द गरिदिने ? यो त दुरासयपूर्ण भयो’ पोखरेलले भनेका छन्, ‘पार्टीले सहयोग गरेन गरेन अनि मैले सरकार चलाउन सकिनँ भनेर प्रधानमन्त्रीले स्वीकारिसक्नुभएको छ ।’

प्रधानमन्त्रीले विवादका कारण सरकार चलाउन सकेन भने बाटो खाली गरेर जानुपर्ने पोखरलेको सुझाव थियो । ‘चलाउन सकिन्न भने राजीनामा गरेर जाने हो । बाटो छेकेर बस्ने होइन’, उनले भने ।

प्रधानमन्त्रीले संवैधानिक प्रश्नलाई राजनीतिक रंगले रंग्याएको पोखरेलको भनाई छ । उनले अदालत राजनीतिक प्रश्न भनेर उम्कीन नहुने बताए । ‘अदालतलाई संविधानको अन्तिम व्याख्या गर्ने अधिकार छलेर राजनीतिक प्रश्न भनेर उम्कन पाउँदैन’, उनले भने ।

आइतबार प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमा मुद्दाको सुनुवाइ भएकोमा वकिलहरुले बहस गर्ने क्रम जारी रहेकाले मुद्दा हेर्दाहेर्दैमा राखेका थिए । आइतबार रिट निवेदककर्ताको तर्फबाट अधिवक्ताहरु भीमार्जुन आचार्य, बद्रीराज भट्ट, सुनील पोखरेललगायतले बहस गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ मा संसद विघटन गरेपछि विघटन असंवैधानिक भएको भन्दै अदालतमा रिट परेका थिए । झण्डै एक दर्जन हाराहारीमा परेका रिटमाथि आइतबारदेखि अदालतको संवैधानिक इजलासमा सुनुवाई भईरहेको छ ।

सम्बन्धित समाचार

प्रतिनिधि सभा विघटनविरुद्वको मुद्दामा सुनुवाई सुरु

वि.सं.२०७७ माघ ५ सोमवार १४:२९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
मारुती भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

मारुती भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

फिक्कल (इलाम) । आज बिहान यहाँ सवारी दुर्घटना हुँदा एक...

मधेससहित तीन प्रदेशमा हुरीबतासको चेतावनी

मधेससहित तीन प्रदेशमा हुरीबतासको चेतावनी

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक...

अन्तर्राष्ट्रिय श्रमिक दिवस आज

अन्तर्राष्ट्रिय श्रमिक दिवस आज

काठमाडौँ । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’ ‘इतिहास,...

श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री ‘प्रचण्ड’

श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति...

डिजेल र मट्टितेलको मूल्य घट्दा हवाई इन्धनको बढ्यो

डिजेल र मट्टितेलको मूल्य घट्दा हवाई इन्धनको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

रोशीमा आगलागी हुँदा पन्ध्र घर नष्ट

रोशीमा आगलागी हुँदा पन्ध्र घर नष्ट

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ४ सानोपोटा...