back
CTIZAN AD

अधिवत्ता दीनमणि पोखरेलको प्रश्न : आफुँले चलाउन नसकेपछि संसद नै भंङ्ग गरिदिने ?

वि.सं.२०७७ माघ ५ सोमवार

1.3K 

shares

माघ ५,काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि सुनुवाई जारी छ । आजको बहस प्रधानमन्त्रीको कदम सही हो कि होइन भन्नेमा केन्द्रित छ ।

बहसमा भाग लिँदै रिट निवेदकका तर्फबाट अधिवक्ता दिनमणि पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको विवादलाई लिएर संसदमाथि प्रहार गरेको बताए । आफुँ सरकार चलाउन पनि नसक्ने र अरुलाई पनि बाटो छेक्ने काम प्रधानमन्त्रीले गरेको उनको भनाई छ ।

‘आफूले चलाउन नसकेपछि अरूले चलाउने बाटो पनि बन्द गरिदिने ? यो त दुरासयपूर्ण भयो’ पोखरेलले भनेका छन्, ‘पार्टीले सहयोग गरेन गरेन अनि मैले सरकार चलाउन सकिनँ भनेर प्रधानमन्त्रीले स्वीकारिसक्नुभएको छ ।’

प्रधानमन्त्रीले विवादका कारण सरकार चलाउन सकेन भने बाटो खाली गरेर जानुपर्ने पोखरलेको सुझाव थियो । ‘चलाउन सकिन्न भने राजीनामा गरेर जाने हो । बाटो छेकेर बस्ने होइन’, उनले भने ।

प्रधानमन्त्रीले संवैधानिक प्रश्नलाई राजनीतिक रंगले रंग्याएको पोखरेलको भनाई छ । उनले अदालत राजनीतिक प्रश्न भनेर उम्कीन नहुने बताए । ‘अदालतलाई संविधानको अन्तिम व्याख्या गर्ने अधिकार छलेर राजनीतिक प्रश्न भनेर उम्कन पाउँदैन’, उनले भने ।

आइतबार प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमा मुद्दाको सुनुवाइ भएकोमा वकिलहरुले बहस गर्ने क्रम जारी रहेकाले मुद्दा हेर्दाहेर्दैमा राखेका थिए । आइतबार रिट निवेदककर्ताको तर्फबाट अधिवक्ताहरु भीमार्जुन आचार्य, बद्रीराज भट्ट, सुनील पोखरेललगायतले बहस गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ मा संसद विघटन गरेपछि विघटन असंवैधानिक भएको भन्दै अदालतमा रिट परेका थिए । झण्डै एक दर्जन हाराहारीमा परेका रिटमाथि आइतबारदेखि अदालतको संवैधानिक इजलासमा सुनुवाई भईरहेको छ ।

सम्बन्धित समाचार

प्रतिनिधि सभा विघटनविरुद्वको मुद्दामा सुनुवाई सुरु

वि.सं.२०७७ माघ ५ सोमवार १४:२९ मा प्रकाशित

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...