back
CTIZAN AD

धुलाम्मे सडकले स्थानीयबासी बिरामी

वि.सं.२०७३ माघ ८ शनिवार

945 

shares

८ माघ, जाजरकोट । यहाँका कच्ची तथा धुलाम्मे सडकको छेउछाउका स्थानीयबासी बढी बिरामी हुने गरेका छन् ।

जिल्लाको खलङ्गा पाँचकाटिया सडक, छेडा–मोर्क सडक, जाजरकोट–डोल्पा सडकखण्डको छेउछाउमा घर बनाएर बसोबास गरेका स्थानीय बढी बिरामी हुने गरेका छन् । हावाहुरी तथा गाडी चल्दा धुलो घरभित्र पसेर यहाँका स्थानीयको स्वास्थ्यमा समस्या हुने गरेको छ ।

जिल्लाका स्वास्थ्य संस्थामा उपचार गर्न आउने अधिकांश बिरामी सडकको छेउछाउमा बस्ने रहेका जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ । धुलोका कारण श्वासप्रश्वाससम्बन्धी रोगी बढी भएको पाइएको छ । धुलोका कारण स्वास्थ्यमा मात्र समस्या नभई कपडा, खाना समेत दैनिक फोहर हुने गरेका छन् ।

यहाँका सडकमा पिच नहँुदा धुलैधुलो भएको हो । सडकले सेवा मात्र ल्याएन, सँगै धुलो पनि ल्याएर आएको र यसतर्फ सरोकारवालाको ध्यान जान जरुरी रहेको स्थानीयको भनाइ छ ।

कच्ची सडकमा जोखिमपूर्ण यात्रासँगै यसले मानवीय जीवनमा ठूलो क्षति पु¥याएको छ । छिन्चु–जाजरकोट खण्ड मात्र पिच गरिएको छ । यहाँका अधिकांश गाउँमा समेत कच्ची सडक निर्माण गरी यातायातका साधन सञ्चालनमा ल्याइएका छन् ।

कच्ची सडकमा यातायात सञ्चालन गर्दा धुलाम्मे हुँदा सडक छेउछाउमा बस्ने स्थानीयको खानेकुरा, कपडालगायतका वस्तु फोहर हुने गरेको छ । जाजरकोट–डोल्पाको मुख्य सडकमा समेत पिच नहुँदा स्थानीयले दैनिक धुलो खानुपरेको खगेनकोटका नेत्र बिसीले बताउनुभयो ।

वि.सं.२०७३ माघ ८ शनिवार ०३:४९ मा प्रकाशित

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बागलुङ । बागलुङको ढोरपाटन आउने स्थानीय तथा पर्यटकहरुले आवातजावतमा सास्ती भोग्नुपरेको...

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ...

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

दाङ । सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल...

जलेको कारबाट शव निकालियो

जलेको कारबाट शव निकालियो

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आज बिहान एक कारमा...

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

नवलपरासी (पश्चिम) । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा...

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले आर्थिक वर्ष २०८२/८३ मा २६...