back
CTIZAN AD

स्थानीय निर्वाचनको लागि १६ दल दर्ता

वि.सं.२०७३ माघ ८ शनिवार

831 

shares

८ माघ, गाईघाट,उदयपुर  । अब हुन गइरहेको स्थानीय निर्वाचनको लागि सहभागी हुन र तयारी गर्नको उदयपुर जिल्लामा १६ राजनीतिक दल जिल्ला निर्वाचन कार्यालय उदयपुरमा दर्ता भएका छन् ।

निर्वाचन आयोगले पुस २४ गतेसम्ममा सबै राजनीतिक दलको विवरण पेस गर्नुपर्ने निर्देशन दिएका कारण उदयपुरमा पनि सोही मितिसम्ममा १६ राजनीतिक दलले पार्टीको विवरण र जिल्ला समितिको सदस्यको नाम समेत बुझाएको कुरा जिल्ला निर्वाचन कार्यालय, उदयपुरले बताएको छ ।

यसरी जिल्लामा पार्टीको विवरण बुझाएर दर्ता भएका दलमा नेपाली काँग्रेस, नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र०, राप्रपा, नेकपा ९माले०, सङ्घीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी र राष्ट्रिय जनमोर्चा नेपाल रहेका छन् ।

अन्यमा नयाँशक्ति पार्टी, मधेसी जनाधिकार फोरम ९गणतान्त्रिक० मधेसी जनाधिकार फोरम ९लोकतान्त्रिक०, तमलोपा, समाजवादी जनता पार्टीले आफ्ना विवरण बुझाएर दललाई आधिकारिक रुपमा दर्ता गरेको कुरा जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख एकबहादुर बस्नेतले बताउनुभएको छ ।

अन्य आयोगमा दर्ता नभएका दुई दल एकीकृत नेपाल राष्ट्रवादी पार्टी र नेपाल पूर्व राष्ट्रसेवक पार्टीले समेत आफ्ना विवरण बुझाएको बस्नेतले बताउनुभयो ।

वि.सं.२०७३ माघ ८ शनिवार ०४:२७ मा प्रकाशित

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बागलुङ । बागलुङको ढोरपाटन आउने स्थानीय तथा पर्यटकहरुले आवातजावतमा सास्ती भोग्नुपरेको...

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ...

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

दाङ । सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल...

जलेको कारबाट शव निकालियो

जलेको कारबाट शव निकालियो

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आज बिहान एक कारमा...

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

नवलपरासी (पश्चिम) । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा...

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले आर्थिक वर्ष २०८२/८३ मा २६...