back

स्थानीय निर्वाचनको लागि १६ दल दर्ता

वि.सं.२०७३ माघ ८ शनिवार

486 

shares
GLOBAL IME AD
NTC AD

८ माघ, गाईघाट,उदयपुर  । अब हुन गइरहेको स्थानीय निर्वाचनको लागि सहभागी हुन र तयारी गर्नको उदयपुर जिल्लामा १६ राजनीतिक दल जिल्ला निर्वाचन कार्यालय उदयपुरमा दर्ता भएका छन् ।

निर्वाचन आयोगले पुस २४ गतेसम्ममा सबै राजनीतिक दलको विवरण पेस गर्नुपर्ने निर्देशन दिएका कारण उदयपुरमा पनि सोही मितिसम्ममा १६ राजनीतिक दलले पार्टीको विवरण र जिल्ला समितिको सदस्यको नाम समेत बुझाएको कुरा जिल्ला निर्वाचन कार्यालय, उदयपुरले बताएको छ ।

यसरी जिल्लामा पार्टीको विवरण बुझाएर दर्ता भएका दलमा नेपाली काँग्रेस, नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र०, राप्रपा, नेकपा ९माले०, सङ्घीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी र राष्ट्रिय जनमोर्चा नेपाल रहेका छन् ।

अन्यमा नयाँशक्ति पार्टी, मधेसी जनाधिकार फोरम ९गणतान्त्रिक० मधेसी जनाधिकार फोरम ९लोकतान्त्रिक०, तमलोपा, समाजवादी जनता पार्टीले आफ्ना विवरण बुझाएर दललाई आधिकारिक रुपमा दर्ता गरेको कुरा जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख एकबहादुर बस्नेतले बताउनुभएको छ ।

अन्य आयोगमा दर्ता नभएका दुई दल एकीकृत नेपाल राष्ट्रवादी पार्टी र नेपाल पूर्व राष्ट्रसेवक पार्टीले समेत आफ्ना विवरण बुझाएको बस्नेतले बताउनुभयो ।

वि.सं.२०७३ माघ ८ शनिवार ०४:२७ मा प्रकाशित

उमेरले छेकेन रहरलाई, बाउन्न वर्षको उमेरमा १ कक्षामा पढ्दै डल्लीदेवी

उमेरले छेकेन रहरलाई, बाउन्न वर्षको उमेरमा १ कक्षामा पढ्दै डल्लीदेवी

राजेन्द्रप्रसाद पनेरू, कञ्चनपुर । पढाइको चाहना पूरा गर्न उमेर तगारो...

‘के घर के डेरा घर नं २’ प्रदर्शनमा

‘के घर के डेरा घर नं २’ प्रदर्शनमा

काठमाडौँ । उपन्यासकार तथा कवि ‘बुद्धिसागर’को कथामा निर्माण गरिएको चलचित्र...

आलुको परिकार नै मान्छेको लागि घातक, यस्तो परिकार फाइदाजनक …

आलुको परिकार नै मान्छेको लागि घातक, यस्तो परिकार फाइदाजनक …

काठमाडौँ । नेपालीहरूको भान्सामा आलुको परिकार नपाकेको दिन हुन्न ।...

नगरपालिकाद्वारा क्षयरोगको औषधि नियमित खानेलाई पोषणयुक्त खानेकुरा

नगरपालिकाद्वारा क्षयरोगको औषधि नियमित खानेलाई पोषणयुक्त खानेकुरा

झापा । मेचीनगर नगरपालिकाले क्षयरोग नियन्त्रणका लागि प्रत्यक्ष निगरानीमा औषधि...

धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या

धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या

चितवन । एक व्यक्तिले आज धारिलो हतियार प्रहार गरी दुई...

कारको ठक्करबाट दुई जनाको मृत्यु

कारको ठक्करबाट दुई जनाको मृत्यु

कृष्णनगर (कपिलवस्तु) । बुद्धभूमि नगरपालिका–१ वसन्तपुरमा प्रातः भ्रमणमा निस्किएका दुई...