back
CTIZAN AD

बेलायतबासी गुल्मेलीले पठाए मिर्गौला पीडित पुनलाई आर्थिक सहयोग

वि.सं.२०७७ माघ १२ सोमवार

651 

shares

 १२ माघ, युके । बेलायतमा रहेका गुल्मेलीले मिर्गौला रोगले पीडित दल बहादुर पुन मगरलाई आर्थिक सहयोग पठाएका छन् ।

गुल्मीको चन्द्रकोट गाउँपालिका ४ रेमीका मगरको उपचारका निम्ति बेलायतका गुल्मेली तथा देश विदेशबाट १८ लाख भन्दा बढी आर्थिक सहयोग गरिएको हो ।

उनको उपचारका लागि बेलायतमा रहेका गुल्मेलीबाट मात्रै २ लाख ७८ हजार ९९८ रुपैयाँ सहयोग संकलन गरिएको हो ।

जागिरको सिलसिलामा भारतमा रहँदा दुवै मिर्गौलामा समस्या भएपछि नेपाल फर्किएका मगरको उपचारका लागि घर परिवारसँग भएको सबै सम्पत्ति सकिएको र उपचारमा आर्थिक समस्या भएपछि आर्थिक सहयोग रकम संकलनका लागि सबैसामु अनुरोध गरिएको थियो ।

हाल बुटवलस्थित गौतमबुद्ध सामुदायिक अस्पतालमा उपचार गराइरहेका उनले उपचार खर्च जुटाउन नसकेपछि आर्थिक सहयोगको याचना गरेका थिए ।

सोहि अनुरुप बेलायतबासी गुल्मेलीहरूले रू २ लाख ७८ हजार ९९८ रुपैयाँ संकलन गरि सहयोग गरेका हुन् । बुटवलको नयाँमिलमा बसेका पुनलाई बेलायतबासी गुल्मेलीको अनुरोधमा बुटवल नयाँ मिलका हनेरी सुबेदार मेजर थमान सिह थापा काउचा र रिटायर सुबेदार मेजर तथा हनेरी क्याप्टेन खिम थापा काउचाको सहजिकरणमा उक्त रकम मगरलाई हस्तान्तरण गरिएको बताइएको छ ।

No description available.

गुल्मी जिल्ला समाज युकेका संस्थापक अध्यक्ष हाल सल्लाहकार साथै प्रथम नौमती बाजा गुल्मी युके समूहका प्रमुख सयोजक ओम थापा काउचाको संयोजकत्व तथा जमुना पुन राना द्धयको सक्रियतामा संकलन गरिएको उक्त रकम विशेषत गुल्मी जिल्ला समाज युकेका सदस्य तथा अन्य बेलायतबासी गुल्मेली र अन्यलाई स्वेइच्छाले सहयोग गरिदिन अनुरोध गरिएको थियो ।

परोपकारी कार्यमा बेलायतबासी गुल्मेलीहरू अति सक्रिय रहेर हरेक समस्यामा ऐक्यबद्धता जनाइ ठूलो सहयोग पुर्याइरहेको भन्दै थापाले सबैलाई धन्यवाद दिएका थिए । उनले पुनलाई दोस्रो जीवन दिन सफल भएको समेत बताए ।

सुबेदार रि नबिन पुनका अनुसार पुनको उपचारका लागि हालसम्म देश विदेशबाट १८ लाख भन्दा बढी रकम संकलन भइसकेको र उनको उपचारका लागि सहज भएको छ ।

पुनको सहयोगका लागि हड्कङबाट मदन पुन तथा जापान, सिगापुर, कोरीया, अमेरिका, ईजरायल, मिडलईष्ट, बेल्जिमलगायतका देशमा रहेका गुल्मेलीहरूको सक्रियता उक्त रकम संकलन गर्न सफल भएको बताइएको छ ।

त्यसैगरी स्वदेशमा पुनका आफन्त तथा चन्द्रकोट शान्तीपुरका समाजसेवी चिरन श्रेष्ठले पनि विश्वका गुल्मेलीलाई पुनको उपचारका लागि आर्थिक सहयोग गरिदिन अपिल गरेका थिए ।

वि.सं.२०७७ माघ १२ सोमवार १२:४० मा प्रकाशित

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको लामो...

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

एल पासो, टेक्सास।अमेरिकाको टेक्सासस्थित द युनिभर्सिटी अफ टेक्सास एट एल...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...