back
CTIZAN AD

दलित एकता संजाल भारतको आरके पुरममा सम्पर्क समिति बिस्तार

वि.सं.२०७७ माघ १४ बुधवार

582 

shares

बाबु रोका मगर,दिल्ली ।  दलित एकता संजालको दिल्लीको आर. के. पुरममा सम्पर्क समिति विस्तार भएको छ ।

‘दलित एकता आजको आवश्यकता र छुवाछूत मुक्त समाज निर्माणको लागि सम्पूर्ण नेपालीहरूको सहभागिता’ भन्ने मूल नाराको साथ २६ जनवरीका दिन केन्द्रीय समितिको दोस्रो र दिल्ली राज्य समितिको पहिलो स्थापना दिवस सहित आर. के. पुरममा सम्पर्क समिति विस्तार गरेको हो ।

केन्द्रीय अध्यक्ष अर्जुन विश्वकर्माको प्रमुख आतिथ्यता दिल्ली विश्वविद्यालयका प्रोफेसर डाक्टर सिद्धार्थको विशेष आतिथ्यता रहेको उक्त कार्यक्रममा केन्द्रीय सदस्य एवम् महिला सशक्तिकरणकी ममता विश्वकर्मा, केन्द्रीय उपाध्यक्ष एवम् दिल्ली राज्य समिति अध्यक्ष छोटू ओड, केन्द्रीय उपाध्यक्ष मोती सिंह मिजार, केन्द्रीय कोषाध्यक्ष दीपक चदारा दिल्ली राज्य समिति इन्जार्ज पुरन सार्की, महिला सशक्तिकरणकी कोषाध्यक्ष शान्ति विक, पारसमणि सुनार, गोपाल चदारा, धनबहादुर विक, गंगा विक र रेकम सुनार अतिथि रहेका थिए ।

आर. के. पुरम सम्पर्क समितिका इन्चार्ज गणेश विश्वकर्माको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा डाक्टर सिद्धार्थ, गोपाल चुदारा, पारसमणि सुनार, शंकर विक, पूरन सार्की मोती सिंह मिजार, ममता विक विष्णु बोमरेल र केन्द्रीय अध्यक्षले पनि मन्तव्य राखेका थिए ।
उक्त आरके पुरम समितिको अध्यक्षमा थानेश्वर घिमिरे सुनार, उपाध्यक्षमा रेशम परियार, सचिवमा शंकर बि.सी र कोषाध्यक्षमा सुश्री ममता चुनारा रहेका छन् ।

त्यस्तै समितिको सदस्यहरुमा राजेन्द्र पार्की, चन्द्र रसायली, जितेन्द्र घिमिरे सुनार, राहुल घिमिरे सुनार, शान्ता घिमिरे सुनार, चित्रबहादुर सार्की, विष्णु बोमरेल,रामबहादुर विक,सुविधा विक,सन्तोष विक, धनबहादुर विक,प्रकाश विक, शिव सुनार, कुमार जीपी, चोपेन्द्र बि.सी, अर्जुन विक, दिला सार्की, मनीषा सार्की, कृष्णा विक, टेक बहादुर विक, सूरज विक, दिनेश सार्की र बमबहादुर विक रहेका छन् ।
त्यसैगरी समितिको सल्लाहकारमा पारसमणि सुनारलाई चयन गरिएको छ । कार्यक्रममा विभिन्न सास्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो ।

वि.सं.२०७७ माघ १४ बुधवार १५:१६ मा प्रकाशित

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको लामो...

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

एल पासो, टेक्सास।अमेरिकाको टेक्सासस्थित द युनिभर्सिटी अफ टेक्सास एट एल...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...