back
CTIZAN AD

कविता: जब सत्य बोल्न थाल्छ

वि.सं.२०७७ माघ १७ शनिवार

1.1K 

shares

जब धन बोल्न थाल्छ
अनि,
सत्य चुप लाग्छ ।

धनको मादकताले
मान्छे चक्षु भएर पनि अन्धो बन्छ
अहंकारी, दम्भि र अविवेकि हुन्छ ।

जस्को अन्त हुनुछ वा हुँदैछ
पहिले उस्को मति भ्रष्ट हुन्छ
गति भ्रष्ट हुन्छ
अनि,
बिस्तारै बिस्तार जे जति जति छ
सबै भ्रष्ट नष्ट हुन्छ ।

त्यसैले होला,
जहाँ धन बोल्छ
त्यहाँ सत्य चुप लाग्छ
किन कि धनको उन्मक्ता र मादकता
यौटा रति र गतिमा पुगेर
आफै शिथिल र अवसान हुन्छ ।

हातले आँखा छोपेर
संसार छैन भनि
एकछिन भ्रम छर्न त सकिन्छ
तर
सत्यलाई सधैंभरि ओझेल राख्न सकिन्न
सत्य, सत्य हो
ढिलो वा चाडो
बेर वा अबेर
एक न दिन यो उजागर हुन्छ ।

अनि,
जब सत्य बोल्न थाल्छ
धन निरीह बन्छ ।

वि.सं.२०७७ माघ १७ शनिवार ०७:३१ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...