back
CTIZAN AD

राज्यको ढुकुटी प्रयोग गरेर प्रतिगमनलाई साथ नदिन भन्दै अनेरास्ववियूले दियो यस्तो चेतावनी

वि.सं.२०७७ माघ १८ आइतवार

726 

shares

१८ माघ, काठमाडौं । राज्यको ढुकुटी प्रयोग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनकारी कदममा साथ नदिन भन्दै अनेरास्ववियूले स्थानीय निकाय समक्ष ज्ञापनपत्र बुझाएको छ ।

प्रधानमन्त्रीद्धारा गरिएको प्रतिनिधिसभा विघटनका विरुद्ध आन्दोलनमा रहेको संगठनले जनताको आन्दोलन बढेसँगै केपी ओली नेतृत्वको समूहले पन्च र्याली आयोजना गर्न थालेको र यस्ता र्याली व्यवस्थापनमा स्थानीय सरकार लागेको भन्दै त्यसमा साथ नदिन आग्रह गर्दै ज्ञापनपत्र बुझाएको हो ।

संगठनले आफूहरुको आग्रहलाई वेवास्ता गरी प्रतिगमनलाई सहयोग पुर्याउने काम गर, राज्यको स्रोत साधन प्रयोग गर्न दिएमा जनताको तर्फबाट उचित भण्डाफोर एवं जनताद्धारा बहिस्कृत हुने कुरा हेक्का राख्न चेतावनी समेत दिएको छ ।

‘विभिन्न पेशा व्यवसाय, नागरिक समाज पनि व्यवस्थाको रक्षा र जनअधिकारको पक्षमा आन्दोलनमा उत्रेको अवस्था छ । आन्दोलन विस्तारै तेस्रो जनआन्दोलन निर्माणको दिशामा अगाडि बढिरहेको छ । जनताको आन्दोलन बढेसँगै केपी ओली र उनको नेतृत्वको प्रतिगामी काम चलाउ सरकारले ज्ञानेन्द्रको झल्को दिने गरी पन्चर्याली आयोजना गर्न थालेको छ,’ संगठनका सहसंयोजक रंजित तामाङद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ, ‘यस्ता र्यालीहरुको व्यवस्ूथापनमा स्थानीय सरकार लागेको र राज्यको शक्ति र स्रोतहरुको दुरुपयोग भएको हामीले जनगुनासो सुनेका छौं । प्रतिगमनलाई सहयोग गर्ने, राज्यको ढुकुटी ब्रम्हलुट गर्ने यस्ता हर्कतलाई जनताले सुक्ष्म अनुगमन गरिरहेको हामी स्पष्ट पार्न चाहान्छौं ।’

प्रतिनिधिसभा विघटनको कदमविरुद्ध निरन्तर आन्दोलनका कार्यक्रम घोषणा गरेको संगठनले माघ १८ र १९ गते स्थानीय निकायमा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको थियो ।

 

वि.सं.२०७७ माघ १८ आइतवार १२:०९ मा प्रकाशित

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ...

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...