back
CTIZAN AD

ऋण सहजीकरण गर्न महासंघ र बैंकर्स एसोसिएसन बीच सहमती

वि.सं.२०७७ माघ २३ शुक्रवार

807 

shares

२३ माघ, काठमाडौँ । घरेलु तथा साना उद्योगहरुलाई ऋण प्रवाहमा सहजीकरण गर्न नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैकर्स एसोसिएसन बीच सहमती भएको छ ।

महासंघका अध्यक्ष शेखर गोल्छा र बैकर्स एसोसिएसनका अध्यक्ष भुवन कुमार दाहाल बीच महासंघको सचिवालयमा भएको औपचारिक भेटवार्तामा सो सहमती भएको हो ।

महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डी. बी. बस्नेतले विषय प्रवेश गराउनु भएको सो भेटवार्तामा महासंघ र बैकर्स एसोसिएसन बीच घरेलु तथा साना उद्योग (एसएमईजहरू) क्षेत्रमा हुन सक्ने सहयोगरसहकार्यका विषयमा छलफल भएको थियो ।

भेटवार्तामा एसएमईजहरूलाई ऋण सहजीकरण देखि अन्य क्षेत्रमा सहयोग गर्न केन्द्रमा दुवै संस्थाको सहभागितामा एउटा सानो कार्यदल गठन गर्ने र विस्तारै प्रदेश तथा जिल्लास्तरमा पनि कार्यदल विस्तार गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त भएको छ । यसका लागि दुवै संस्था बीच छिट्टै एक सहमतीपत्रमा हस्ताक्षर गरी अगाडी बढ्ने सहमती समेत भएको छ ।

महासंघको घरेलु तथा साना उद्योग समितिको माघ २० गते बसेको पहिलो बैठकले एसएमईजहरुलाई लगानी सहजीकरणका लागि बैकर्स संघ र नेपाल राष्ट्र बैंकसंग सहजीकरण गर्ने सम्बन्धमा गरेको निर्णय अनुसार उक्त भेटवार्ता भएको महासंघले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत साना तथा मझौला उद्योग व्यवसायको पुनरुत्थानका लागि ल्याएका राहत प्याकेजहरू कतिपय जिल्लामा लागू गर्न बैंकहरू अनिच्छुक देखिएका गुनासाहरू विभिन्न जिल्लाहरूबाट महासंघको आएका सन्दर्भमा दुवै संस्थाबाट भएको यो प्रतिवद्धताबाट कार्यान्वयन तहमा आउने समस्या समाधानमा समेत सहयोग पुग्ने विश्वास महासंघको छ ।

नेपाल राष्ट्र बैंकले COVID-19 ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी प्रथम पुनराबृत्ति सर्बेक्षणको प्रतिवेदन २०७७ अनुसार कोभिडको समय असारसम्म ६३.६ प्रतिशत संचालन हुन नसकेका घरेलु, मझौला र साना उद्योगहरुमा १३.०१ प्रतिशत अहिलेसम्म पनि खुल्न सकिरहेको छैनन् । नेपाल राष्ट्र बैंकद्धार गरिएको एक अर्को अध्ययनका अनुसार नयाँ व्यवसाय संचालनका लागि बैंक तथा वित्तिय संस्थाहरुमा १६ प्रतिशतको मात्रै पहुँच रहने गरेको छ ।

निर्यात प्रवर्द्धन केन्द्रका अनुसार नेपालबाट निकासी हुने सामाग्रीको ४२ प्रतिशत अंश घरेलु, मझौला र साना उद्योगहरुको रहेको छ । उक्त भेटवार्तामा महासंघका उपमहानिर्देशक गोकर्ण अवस्थी, एसोसिएसनका प्रमुख कार्यकारि अधिकृत अनिल शर्मा र महासंघका उपनिर्देशक विदुरचन्द्र लामिछानेको उपस्थिति थियो ।

वि.सं.२०७७ माघ २३ शुक्रवार १९:०० मा प्रकाशित

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा घटेको छ ।...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

काठमाडाैँ ।  हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5...