back
CTIZAN AD

जनताले दुःख पाउने गरी बन्द नगर्ने काँग्रेसको दृढता

वि.सं.२०७७ माघ २३ शुक्रवार

744 

shares

२३ माघ, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले जनताले दुःख पाउने गरी बन्दको आह्वान नगर्ने दृढता व्यक्त गरेको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गर्दै जनताले दुःख पाउने गरी बन्दको आह्वान र आयोजना गर्ने कार्यमा नलाग्नेमा काँग्रेस दृढ रहेको जनाएका छन् ।

नेकपाको सरकार बनेपछि जनविरोधी कदम र प्रवृत्ति विरुद्ध नेपाली कांग्रेस संसद् र सडक दुवै ठाउँमा शालीन ढंगले प्रस्तुत हुँदै आएको जनाउँदै उनले अनेक घटनाका बाबजुद उपत्यका या नेपाल बन्दको कार्यक्रम आयोजना नगरिएको बताएका छन् ।

नेकपाको सरकार बनेपछि जनविरोधी कदम र प्रवृत्ति देखिए पनि आफूहरु सडक र सदनमा शालीन ढंगले प्रस्तुत भएको विज्ञप्तिमा उल्लेख छ ।

‘संसद् विघटनको असंवैधानिक कदम विरुद्धको प्रदर्शनलाई अझ व्यापक बनाउने तर जनताले दुःख पाउने गरी बन्दको आह्वान र आयोजना गर्ने कार्यमा नलाग्न हामी दृढ छौं ।’

सरकारको असंवैधानिक कदमविरुद्ध शान्तिपूर्ण आन्दोलनका लागि अपिल गर्दै भनिएको छ ‘विघटनविरुद्ध उभिएका सबै दल र संस्थालाई यही अपिलसमेत गर्न चाहन्छौं ।’

त्यस्तै प्रवक्ता शर्माले सरकारका असंवैधानिक कदमविरुद्ध आन्दोलनका कार्यक्रमहरुमा अझ व्यापक बनाउने पनि बताएका छन् ।
काँग्रेसले शनिबार शुभेच्छुक संस्थाहरूको प्रदर्शन गर्ने र फागुन ३ गते ७७ जिल्लामै नेपाली कांग्रेस जिल्ला कार्यसमितिको नेतृत्वमा एकसाथ प्रदर्शन गर्ने पनि उनले बताएका छन् ।

सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्दा र नियुक्ति र शपथ ग्रहणमा संविधानविपरीत कार्यगरेको बताउँदै
संविधानको मर्मविपरीतको कर्म गर्ने सर्वसत्तावादउन्मुख प्रवृत्तिविरुद्ध संघर्ष जारी रहने जनाइएको छ ।

प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संवैधानिक परिषद्सम्बन्धी संविधानमा व्यवस्था गरिएको प्रावधान, मर्म र विधिलाई वर्तमान सरकारले शुरु देखिनै कुल्चिँदै आएको विषयमा संस्थागत निर्णयका साथ नेपाली कांग्रेस प्रस्ट रुपले विरुद्धमा उभिएको छ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्ने कदम होस् या त्यसपछिको बैठक अथवा पछिल्लो शपथ ग्रहण । दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्मविपरीतको कर्म गर्ने सर्वसत्तावादउन्मुख प्रवृत्तिविरुद्ध हाम्रो संघर्ष जारी छ, जारी रहनेछ ।’

वि.सं.२०७७ माघ २३ शुक्रवार १९:२५ मा प्रकाशित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...