back
CTIZAN AD

कविताः प्रेम गर प्रिया

वि.सं.२०७७ माघ २४ शनिवार

711 

shares

कोही छैन अब यहाँ साथी साथ मेरो कठै
जैले दोष हुन गयो राम्रो गर्छु भन्दा अँझै ।
खाएँ हार अब झनै जित्ने छैन सम्भावना
जाने जान्छ परपरै आए साथ हुन्थ्यो मजा ।। १

धेरै दम्भ अँझ तिमी पाल्छौ ज्यान जाने गरी
प्यारो बन्न नसकिने साँचो प्रेम गर्दा पनि ।
को होला सफर सँगै चल्ने साथ साथी बनी
बन्ने थें म भुवनमा तिम्रो प्रेम पाए धनी ।। २

साँचो प्रेम गर प्रिया मायाको भिखारी भएँ
देखे सुन्दर अति नै भित्रै भित्र जल्दै गएँ ।
आत्माले हरपल झन् धिक्कार्दै गयो आखिर
मायाले तन मन यो जेल्दै जान्छ भो जञ्जिर ।। ३

क्या दामी छ भनु भने जाला व्यर्थ तिम्रो कला
आजै लेख हृदयमा प्यारी हेर हाम्रो कथा ।
धोका घात हुनगए जाला खेर यो जिन्दगी
आफै द्वन्द नगर त्यो बैसाखी न फाले तिमी ।। ४

आत्मा रुन्छ विरहमा मेरा आँसु झर्दा प्रिया
घाटा हुन्छ पिरतिमा शंका डाह लागे खिया ।
माया भुल्न सकिन पो धोका घात झेल्दा अति
चोखो प्यार गर तिमी ईष्र्या क्रोध गर्छ्यौ कति ।। ५

मौरी डुल्छ वन वनै चुम्दै फूलको वासना
सारा दुःख सुख सँगै मेरै साथ झेले सदा ।
धेरै बेर रुन परे हाँसो रित्तिएला खुशी
पीडा पीर हरघडी पासो बन्न जाला सखी ।। ६

आऊ साथ दिन तिमी प्यारो जिन्दगीको पल
प्यारी हो म हजुरकै भन्थ्यौ आज छौ चञ्चल ।
चिन्ता मात्र किन दियौ अन्तै चाख बढ्दो भयो
भेट्यौ साथ र त अरू चोखो प्रेम घट्दै गयो ।। ७

छन्द ‘समर्पण’
सुत्र – sss iii iss ssi ssi s
गण-म न स त त गु
सङ्ख्या-१६
विश्राम-८

वि.सं.२०७७ माघ २४ शनिवार ०७:१४ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...