
शुरु हुँदैछ देशमा सु-शासन जिन्दावाद भन्नुस् ।
ग्रहण गरे मुखियाले आशन जिन्दावाद भन्नुस् ।
न चुलाका भाँडा देख्छ न भुँडी देख्छ सिंहदरबार
खानुस बाँडीचुँडी खोक्रा भासन जिन्दावाद भन्नुस् ।
एउटा दरबार भत्काएर गोठहरु बनाए मालिकले
आज गोठैपिच्छे बने सिंहासन जिन्दावाद भन्नुस् ।
आठौं आश्चर्यमा लेखिनु पर्छ मेरो देशको नाम
जहाँ गर्भमै तोकिन्छ निर्वाचन जिन्दावाद भन्नुस् ।
पुगेकै छ ढुकुटीको सेवा सुविधा पुग्नु पर्ने ठाँउमा
नपुगे पनि कर्णाली रासन जिन्दावाद भन्नुस् !
वि.सं.२०७७ माघ २४ शनिवार ०७:१२ मा प्रकाशित






























