back
CTIZAN AD

साइनोहरु

वि.सं.२०७७ माघ २४ शनिवार

618 

shares


बाँझै छ खेतबारी
भत्कँदै छ फूलबारी
आँसु आमाको आँखाभरि !
२.
बग्छन् गोहीका आँसु
विदेशमा अलपत्र
हलो अड्क्यो कमिसनमा ।
३.
मान्छे उन्ने सूत्र यो
साहित्य कर्म सिर्जना
नेपाली मूल यो साइनो ।
४.
यो सूक्ष्म अनुभूति
साइनोका पानाहरू
देउरालीको साझा यात्रा ।
५.
बेथितिको राज छ
धुकुटीमा खोटा सिक्का
कानुनभित्र प्वालै प्वाल !
६.
म जनताको मान्छे
रिवन काट्ने काम छ
जलपान जोरजाम छ ।
७.
धर्ती भत्केको दुःख
जीवन भत्केको दुःख
पदासीन निद्रामा मस्त ?
८.
विदेशी हस्तक्षेप
सूत्रदाता स्वयं हामी
पराधीन यो मनोवृत्ति !
९.
बेइमान भो मान्छे
पैसाको दास भो मान्छे
पदपिच्छे विक्षिप्त मान्छे !
१०.
चेतनशील मान्छे
सिर्जनशील प्रकृति
सन्तुलित सृष्टि सौन्दर्य !
११.
बरबरायो मान्छे
बाढी पैरो बिगबिगी
बेलगाम टुप्पाको पात !
१२.
बनौं बनाऔं मन्त्री
खाऔं खुवाऔं मन्त्री
बाको बिर्ता आमाको पेवा ?

पैयुँगाउँपालिका-४, पर्वत, हाल-काठमाडौं

वि.सं.२०७७ माघ २४ शनिवार ०७:१९ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...