back
CTIZAN AD

साइनोहरु

वि.सं.२०७७ माघ २४ शनिवार

828 

shares

१.स्वार्थमा डुब्यो मन,
संस्कार भयो रे वैरी,
लोतिले सुन्दैन विवेक ।

२.कृषिले माग्यो क्रान्ति,
उर्वर भो खेतवारी ,
मोती झुल्नेछ फाँटैभरी ।

३. बिग्रदै गयो मति,
आजभन्दा भोलि अति,
तमासा झन्झन् अझै कति ।

४.भ्रम दिवा स्वप्नको,
लाजको पसारो अति,
स्वघोषित राजनेता म ।

५.मस्त छ लोकतन्त्र,
कुरा मिले चाटाचाट,
आपसमै छ काटाकाट ।

६. राजनीतिक खेल,
जनकपुरमा रेल,
बाँकी अव ग्यास र तेल ।

७.दुई तिहाइ मत,
ठुला साढेको जुधाइ,
मदारी बाँदरको नाँच ।

८.भत्किएको समृद्धी,
नैरस्यता झनै वृद्धि,
डढेको मैलो नेतातन्त्र ।

९.समृद्धिको बासना,
हजुरिया पूजिवाद,
नाताबाद र कृपावाद ।

१०.तिमी अर्थ म शब्द,
छैन त्यहाँ गहिराई,
साइनो मीठो भावनाको ।

११.रात बिहानसम्म,
मानव चिहानसम्म,
ए जिन्दगी सकेको दौड ।

१२.पैँयू हाम्रो सुन्दर,
ऊर्वर भूमी अपार,
साइनो लाउँछ संसार ।

१३.अहंकारी मानव,
च्यात्तिएको बर्तमान,
विवेकशून्य छ मस्तिष्क ।

१४.कठै कन्त विजोक,
डामिए राष्ट्रसेवक,
पदक सस्तो कि पहुँच ?

१५. बुर्कुसी उफ्र्यो अति,
नहोस् है बिशाल खती,
लोकतान्त्रिक यो पद्धति ।

१६.साझा हो फूलबारी ,
नमेट्नु गाथा वीरको,
दुःखले आर्ज्याको मुलुक ।

१७.गला नभै गायक,
उपहासको नायक,
जनमत छैन लायक?

१८.जीवन र जगत,
जडिबुटी जरो माटो,
लहरा पहरा छहरा ।

१९.जगतको नियम,
पृथ्वी चन्द्र अनि सूर्य
मनमा ग्रहण नलागोस्।

२०.बिउँझ हे सपूत,
पुकार सुन आमाको,
बिगुल बज्यो देशैभरी।

 

वि.सं.२०७७ माघ २४ शनिवार ०७:२३ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...