back
CTIZAN AD

मेरा पाँच मुक्तकहरु

वि.सं.२०७७ माघ २४ शनिवार

600 

shares

(१)
जहाँ पुग्छु जता पुग्छु, म त देशकै माटो सम्झन्छु
सानो हुँदा खाएको त्यो, गुन्द्रुक ढिँडो आँटो सम्झन्छु
देश अनी आमा भन्दा, अर्को ठूलो कुरा हुन्न रैछ
हात समाई आमाले झन्, हिँडाएको बाटो सम्झन्छु
(२)
स्वास्नी मरे लोग्ने मान्छे, छानी छानी बिहे गर्छन
लोग्ने मरे स्वास्नी मान्छे, झनै बन्धन भित्र पर्छन
एकल महिला राम्रै काममा, बाहिर सरिक भए पनि
यो समाजका मान्छे हरु, कुरा काट्न अघि सर्छन ..
(३)
दाईजो खोज्ने सँग छोरीको, सक्दिन बिहेको कुरा छिन्न
दाईजो खर्चले पढाउँछु बरु, तर चाहन्न दाईजो किन्न
आत्मनिर्भर बनाउँछु छोरी, दाईजो दिने पैसाले त
अरुलाई खुशि पार्न म त, मरि गए दाईजो दिन्न ..
(४)
गरिब दुखि मान्छे देख्दा, पर पर सर्नेहरु
दुखिको घाउ चोट मा झनै, नुन चुक छर्नेहरु
धर्म गर्छु भन्दै किन मूर्ति, पुजा गर्छन् कुन्नि
गरीब अशक्तले सहयोग माग्दा, नदेखे झैँ गर्नेहरु ..
(५)
मेरो हातमा लालपूर्जा छ, जग्गा पुग्यो सिमा पारी
किन अत्याचार गर्छ छिमेकी, यहाँ मलाई जिउँदै मारी
जग्गा मिच्चिनु भन्दा मलाई, देश लुटिएको पीडा भाछ
कहिले सम्म बसौं सरकार , यहाँ म आँशु झारी …

वि.सं.२०७७ माघ २४ शनिवार ०७:३७ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...