२६ माघ, डडेल्धुरा । प्रहरी २ थान भरुवा बन्दुक र २३ थान छर्रासहित ६ जनालाई पक्राउ गरेको छ ।
डडेल्धुरा, आलिताल गाउँपालिका–८ स्थित गंगामाला सामुदायिक बनबाट १ थान भरुवा बन्दुक र ३३ थान छर्रा सहित सोही ठाउँ बस्ने २६ वर्षीय भिम बहादुर बोहरा समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त हतियारसहित फेला पारी पक्राउ गरेको हो ।
त्यसैगरी सिन्धुली, कमलामाई नगरपालिका–९ भिमानबाट पनि १ थान भरुवा बन्दुक र करिब ५० ग्राम बारुद सहित ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा हरिहरपुरगढि गाउँपालिका–३ बस्ने ५१ वर्षीय सार्कीमान लोप्चन, ३७ वर्षीय छेवाङ लोप्चन र ४० वर्षीय पासाङ लोप्चन रहेका छन् ।
काठमाडौंबाट बर्दिबासतर्फ जाँदै गरेको बा.५ च २९८४ नम्बरको कारलाई ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कारको डिक्कीमा लुकाई राखेको अवस्थामा उक्त हतियार फेला पारी चालक छेवाङ र कारमा सवार सार्कीमान र पासाङलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
वि.सं.२०७७ माघ २६ सोमवार १४:३५ मा प्रकाशित






























