back
CTIZAN AD

सेयर बजारमा हरियाली, ९२ दशमलव ४२ अकंले बढ्यो नेप्से

वि.सं.२०७७ फागुन ३ सोमवार

666 

shares

३ फागुन, काठमाडौँ । साताको दोस्रो दिन सोमबार सेयर बजारमा हरियाली देखिएको छ । आईतबार ३३ अकंले ओरालो लागेको बजार सोमबार भने झण्डै १ सय अकंले बढेको छ ।

आज बजार परिसूचक ९२ दशमलव ४२ अकंले बढेर समग्र परिसूचक २५८६ दशमलव ०१ बिन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि १५ दशमलब ३३ अकंले बढेर ४६९ दशमलब ४४ अकंमा पुगेको छ ।

आज सबै कम्पनीका लगानीकर्ताहरुले उच्च अकंले कमाएका छन ।

आज कुल सूचिकृतमध्ये २०५ कम्पनीका १० अर्ब ३८ करोड ४१ लाख ९७ हजार ६६९ रुपैंया बराबरको २ करोड २४ लाख ४७ हजार १५७ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ६८ हजार ३ सय १९ पटक लेनदेन भएको छ ।

कारोबार रकमको आधारमा निर्धन उत्थान लघृवित्त, नविल बैंक, छिमेक लघुवित्त, डिप्रोक्स लघुवित्त लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा सानिमा इक्वीटी फण्ड, नविल ब्यालेन्सड फण्ड, एनआईसी एशिया ब्यालेन्सड फण्ड, ग्लोबल आईएमई बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज सबै भन्दा धेरै छिमेक लघुवित्त कम्पनीका लगानीकर्ताहरुले कमाएका छन । उनीहरुले १० प्रतिशतले कमाएका छन । त्यस्तै ग्रामिण लघुवित्त, मिथिला लघुवित्त, किसान लघृवित्त लगायतका लगानीकर्ताहरुले उच्च अकंले कमाएका छन भने पञ्चकन्या माई हाइड्रोपावर, सानिमा बैंक डिबेंचर, एनआईसी एशिया डिबेंचर लगायतका लगानीकर्ताहरुले गुमाएका छन ।

आज भएको कारोबारमा १६८ कम्पनी लागनीकर्ताले कमाउदाँ २ कम्पनीमा लगानीकर्ताले गुमाएका छन भने ५ कम्पनीको सूचकमा कुनै पनि फेरबदल भएको छैन ।

वि.सं.२०७७ फागुन ३ सोमवार १५:४३ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...