back
CTIZAN AD

प्रवासी नेपाली एकता मञ्च पोर्चुगलमा मदन लिम्बू

वि.सं.२०७७ फागुन ३ सोमवार

729 

shares

३ फागुन, पोर्चुगल । प्रवासी नेपाली एकता मन्च पोर्चुगलको अध्यक्षमा मदन लिम्बु चयन भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने प्रवासी नेपाली एकता मञ्च पोर्चुगलको भर्चुअल भेलाले मदन लिम्बुको संयोजकत्वमा १२५ सदस्यीय विस्तारित कमिटी गठन गरेको हो ।

मन्चको उपाध्यक्षमा राजाराम लामिछाने, अमृत रिजाल, धनिराम पौडेल, एस तिमिल्सिना र दयासागर लामिछाने, महासचिवमा दीपक खत्री, उपमहासचिवमा मिलन रेग्मी र एस अधिकारी सचिवमा पि गिरी, शिवसागर बुढाथोकी, राजेन्द्रप्रसाद डुम्रे, यानी कँडेल, सुदीप विश्वकर्मा र विक्रम रिमाल, कोषाध्यक्षमा एस शर्मा, सहकोषाध्यक्षमा अनिता केसी र नविन थापा, अलेन्तेजो इञ्चार्जमा धर्मराज बराल तथा आल्गार्भ इञ्चार्जमा चक्रपाणि बस्याल चयन भएका छन् ।

सो भेलाको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य डा. राजन भट्टराईले मुलुकको आर्थिक विकास र समृद्धिका लागि निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन् । डा. भट्टराईले प्रतिनिधिसभा विघटन रहर नभई बाध्यता भएको बताउँदै राजनीतिक स्थायित्व र समृद्धिको अभियानलाई पूरा गर्न ताजा जनादेशमा जान खोजिएको भेलालाई स्पष्ट पारेका थिए ।

त्यस्तै प्रवासी नेपाली मञ्च युरोपका पूर्व उपसंयोजक पुष्पराज तिमिल्सिनाले प्रवासी नेपालीको समस्यामा केन्द्रित भएर लाग्नुपर्ने बताएका थिए ।

प्रवासी नेपाली एकता मञ्च पोर्चुगलका अध्यक्ष गोविन्द पौडेलको अध्यक्षता सम्पन्न भएको भर्चुअल बैठकमा प्रवासी नेपाली एकतामञ्च स्पेनका अध्यक्ष हेम शेर्पा, बेलायतका अध्यक्ष भक्त गुरुङ, अमेरिकाका अध्यक्ष प्रभु थापा, अष्ट्रेलियाका अध्यक्ष रमेश पाण्डे, कतारका अध्यक्ष चानक पोखरेल, बेल्जियमका अध्यक्ष बोधराज पौडेल, जर्मनीका अध्यक्ष चन्द्रकान्त आचार्य, गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका महासचिव हेमराज सुवेदी, प्रवासी नेपाली मञ्च पोर्चुगल पूर्वअध्यक्षहरु बालाराम विक, बलराम पाठक र सुभाषचन्द्र अधिकारी तथा मदन भण्डारी स्पोट्र्स एकेडेमी पोर्चुगलका अध्यक्ष अमृत रिजालले नवगठित कमिटीको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

वि.सं.२०७७ फागुन ३ सोमवार १५:३४ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...