back
CTIZAN AD

भारतमा मनाइयो २६ औं जनयुद्ध दिवस

वि.सं.२०७७ फागुन ३ सोमवार

876 

shares

३ फागुन । भारतमा २६ औँ जनयुद्ध दिवस मनाइएको छ । अखिल भारत नेपाली एकता मन्च, तमिलनाडु– पुदुचेरी–केरला राज्य समितीकाे  आयोजनामा २६ औं महान जनयुद्ध दिबस मनाइएको हाे ।

२६ औँ जनयुद्ध दिवस, असंवैधानिक कुका विरुद्धमा भैरहेका आन्दोलनमा ऐक्यबद्धता तथा बिदाई कार्यक्रममा समितिका उपाध्यक्ष केशर बहादुर थापाको अध्यक्षता रहेकाे थियाे ।

महान जनयुद्ध दिबस शुरु भएको दिन तथा त्यो संघर्षको महासमर तथा विभिन्न कालखण्डमा अधिकार प्राप्ती र परिवर्तनका लागि आफ्नो अमुल्य जीवनलाई बलिदानि गर्ने महान र वीर सहिदहरुको सम्मान र सम्झना स्वरुप एक मिनेट मौनधारणबाट कार्यक्रम अगाडि बढेको थियो।

सोही कार्यक्रममा अखिल भारत नेपाली एकता मन्चका केन्द्रीय समिती सदस्य तथा तमिलनाडु– पुदुचेरी–केरला राज्य समितीका अध्यक्ष लोक बहादुर क्षेत्री र राज्य बरिष्ठ सल्लाहकार पदम पुन तथा सांगठानिक सदस्य हरि शर्मालाई बिदाइ गरिएको छ । उनीहरुले आफ्नै मातृभूमि भित्र परिबर्तनको पक्षमा र बिकासको संघर्षमा ईटाहरु थप्ने बिश्वासका साथ बिदाइ गरिएको थियो ।

महान सहिदहरुको उच्च बलिदानी, अङ्ग भङ्गता, बेपत्ता र विभिन्न संघर्ष पश्चात प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल भित्रका उपलब्धीहरुलाई खड्ग प्रसाद ओलि(केपी ओली)ले सनकको भरमा खड्ग प्रहार गरेको धारणा वक्ताहरुले राखेका थिए । भेलाले प्रतिनिधिसभा विघटन गरेपछि नेपालमा भैरहेका विभिन्न संघर्षका कार्यक्रमप्रति ऐक्यबद्धता जनाएको थियो ।

साथै राज्य समितिका बर्तमान अध्यक्ष लोकबहादुर क्षेत्रीको बिदाइ पश्चात् हुन गएको रिक्त अध्यक्ष पदमा समितीका सचिब नारायण प्रसाद खनाललाई नियुक्ति गरिएको छ ।

वि.सं.२०७७ फागुन ३ सोमवार १८:०९ मा प्रकाशित

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...